गृहमन्त्रीले आईजीपीलाई भने– पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा हुनसक्छ

गृहमन्त्रीले आईजीपीलाई भने– पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा हुनसक्छ

२९ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट महानिरीक्षक (आईजीपी) मा बढुवा भएपछि ज्ञवाली बुधबार दिउँसो गृहमन्त्री थापालाई भेट्न सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए । यसअघि उनलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार भेटमा थापाले राज्यले विश्वास गरेर ज्ञवालीलाई जिम्मेवारी दिएको बताएका छन् । साथै, ज्ञवालीले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने पनि गृहमन्त्री थापाले विश्वास लिएको बताएका छन् ।

‘चुनौतीहरु थुप्रै छन्, कतिपय काम पूरा गर्न बाँकी छन्, ती सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने अपेक्षा छ’, थापाको भनाइलाई उदृत गर्दै भट्टराईले भने, ‘गृहमन्त्रीका रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ ।’onlinekhabar सहयाेगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment