धादिङको बेनीघाट चरौदी पुलमा भारतीय ट्रकको ठक्करले स्कुटर चालक बस्नेतको मृत्यु

धादिङको बेनीघाट चरौदी पुलमा भारतीय ट्रकको ठक्करले स्कुटर चालक बस्नेतको मृत्यु

 

फाल्गुण २, बेनीघाट । धादिङको बेनीघाटको चरौदी पुलमा आज बिहान भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । प्रदेश ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका(१ का २२ वर्षीय प्रकाश बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

स्कुटरमा सवार अर्का घाइते काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौ लगिएको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । स्कुटरलाई ठक्कर दिने बिआर/०६/जिडी/८६७१ नम्बरको भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना लगत्तै भागेका ट्रक चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ ।onlinekendrसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment