महरा प्रकरण : अन्तिम फैसलाका लागि महरा जिल्ला अदालतमा उपस्थित

महरा प्रकरण : अन्तिम फैसलाका लागि महरा जिल्ला अदालतमा उपस्थित

काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणको अन्तिम फैसला केहीबेरमा हुँदैछ । अन्तिम फैसलाका लागि महरालाई जिल्ला अदालत काठमाडौं ल्याइएको छ । आइतबार दुवैपक्षका कानुन व्यवसायीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा छन्। न्यायाधीश अम्बरराज पौडेलको इजलासमा पक्ष विपक्षका कानुन व्यवसायीले आइतबार अन्तिम बहस गरेका थिए ।

महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा.दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पनि उच्च अदालत पाटनले एक महिनाभित्रै मुद्दाको टुंगो लगाउन आदेश दिएर जिल्ला अदालतको निर्णयलाई सदर गरेको थियो ।

असोज १९ गते पक्राउ परेका महरा कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरामाथि असोज १२ गते शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो ।

सुरुमा महराले आफुलाई बलात्कारको प्रयास गरेको आरोप लगाएकी शाहीले त्यसपछि भने निरन्तर आरोप अस्वीकार गर्दै आएकी छन् । उनी महरा निर्दोष रहेको भन्दै जिल्ला र उच्च अदालतसमेत पुगेकी थिइन् ।nagarikkhabarसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment