अमेरिकन आइडलमा नेपाली युवा दिवेशलाई जजले भने- तिमी रकस्टार हौ

अमेरिकन आइडलमा नेपाली युवा दिवेशलाई जजले भने- तिमी रकस्टार हौ

यसै वर्ष १८ औं सिजनमा पुग्न सफल अमेरिकन आइडलको नयाँ भाग भने अरू बेलाभन्दा केही खास रह्यो। पहिलो भाग सुरू भएलगत्तै अडिसनमा सामान्य अमेरिकीभन्दा फरक अनुहारका व्यक्ति जजहरूलाई नमस्ते भन्दै उपस्थित भए।

जजको टेबलमा बसेका चर्चित अमेरिकी गायक लियोनेल रिचीले उनको परिचय सोध्दा उनले आफू नेपाली रहेको बताए।

‘मेरो नाम दिवेश पोखरेल हो र काठमाडौंमा जन्मे-हुर्केको हुँ,’ गाढा हरियो सर्ट लगाएर गितार भिरेका उनले भने, ‘स्टेजमा मेरो नाम अर्थर गन हो।’

दिवेशले अंग्रेजीमा आफ्नो परिचय दिँदै गर्दा लोकप्रिय गायिका क्याटी पेरीले उनको नामको अर्थ सोधिन्।

दिवेशले ‘यसको अर्थ प्रकाश हो’ भनेर जवाफ दिए।

क्याटी पेरीले भने उनको नामसँग मिलाउँदै ‘यसको अर्थ यू आर दि बेस्ट (तिमी उत्कृष्ट छौ) भन्ने पनि हुन्छ नि’ भन्दै दिवेशको हौसला बढाइदिइन्। क्याटीको शब्द खेल सुनेर लियोनेल रिची र अर्का जज ल्युक ब्रायन हाँस्छन्।

अनि क्याटी भन्छिन्, ‘तिमी साँच्चै उत्कृष्ट होऊ भन्ने आशा गर्छु।’

जब दिवेशले गितार बजाउँदै गीत गाउन थाले तीन जज लियोनेल रिची, क्याटी पेरी र ल्युक ब्रायन दंग र छक्क परे।

‘गर्ल फ्रम नर्थ कन्ट्री’ नामक गीत गाउँदै सुरू गर्दा दिवेश आँखा बन्द गरेर संगीतमा पूर्ण डुबेका थिए।

जजहरूले उनलाई ध्यानपूर्वक सुने। दिइएको एक मिनेटपछि जब उनी रोकिए जज लियोनेलले उनलाई अर्को गीत गाउन प्रस्ताव राखे। उनी नर्भस भएको महशुस गरेर क्याटी पेरीले पनि आँखा खोलेर गाउन सुझाव दिइन्।

दिवेशले ‘क्रिडेन्स क्लीयरवाटर रिभाइभलको ‘ह्याब यू एबर सिन द रेन’ नामक गीत गाउँदा जजहरू शान्त भइ आँखा ठूला पार्दै दंग परे। बीचमै क्याटीले भनिन्- यो हो नि!

दिवेश यतिबेला सहज देखिए। मुस्काउँदै उनले गाएको गीत जजहरूले रूचाए, सँगसँगै हाँसे।

गीत सकिएपछि क्याटीले भनिन्, ‘हि इज रियल्ली द बेस्ट, (तिमी साँच्चै उत्कृष्ट छौ)। तिमीले आँखा खोलेर गाउनु र बन्द गरेर गाउनुको फरक महशुस गर्‍यौ होला नि? खुसी र मजा अनुभव गर्‍यौ होला नि?’

दिवेशले स्वीकृति जनाए।

क्याटीले उनलाई फेरि भनिन्- तिम्रो स्वरमा कथावाचन गर्ने क्षमता छ। आगामी दिनमा म तिम्रा लागि निकै उत्साहित छु।’

यसैबीच जज लुक ब्रायनले दिवेशलाई डिरोइन मिशिगनको कार्यक्रममा सँगै उपस्थिति हुन प्रस्ताव राखे।

ब्रायनले भने, ‘तिमी यति प्रतिभाशाली कलाकार छौं, हामी केबल तिमीलाई ‘ग्लोबल ओभरटेकिङ’का लागि तयार पार्न चाहान्छौं।’

‘यू आर ए रकस्टार,’ क्याटी पेरी फेरि उनको तारिफ गर्छिन्।

अर्का जज लियोनेल रिचीले उनलाई अन्तमा अंकमाल गर्दै, ‘तिमीलाई थाहा छैन यो यात्राले कहाँसम्म पुर्‍याउने छ।’

अडिसनमा तीनै जजको मन जितेका दिवेश आगामी चरणका लागि चुनिए पनि। दिवेशले दोस्रो चरणको अडिसन पार गरेका हुन्।

दिवेशले आफूलाई थप चिनाउने क्रममा आफू उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएको बताए। हाल विचिटा, कान्सास बस्ने र विशेषगरी यहीँ आएपछि संगीतमा बढी लागेको उनले बताए।setopatiसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment