यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ? अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् ।

नेवादाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो । उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन् ।

माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा रुख ठडिएझैँ गरी कारहरु गाडिएका छन् । सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ ।

अहिले उक्त ठाउँमा ४० वटा भन्दा धेरै पूराना कार तथा ट्रकहरु ठडिएका छन् । ती गाडीहरु जमीनमा केही मात्रामा गाडेर उभ्याइएका हुन् ।

टाढाबाट हेर्दा जमीनबाट गाडीहरु उम्रिएजस्तो लाग्दछ। रंगीविरंगी गाडी तथा गाडीमा बालिने चमकदार प्रकाशका कारण त्यो ठाउँ निकै सुन्दर देखिन्छ ।onlinekhabrसहयोगमा 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment