‘४० लाख खाएर नाला किन नबनाएको’ भन्दै छोराले भिडियो खिचे, मेयरले उनका बुवालाई कु’ट पि’ट गर्दै शौचालयमा थुने

‘४० लाख खाएर नाला किन नबनाएको’ भन्दै छोराले भिडियो खिचे, मेयरले उनका बुवालाई कु’ट पि’ट गर्दै शौचालयमा थुने

काठमाडौं, ६ फागुन । एक वर्ष अघि निर्माण सम्पन्न गर्ने प्रतिवद्धता साहित ४० लाख रुपैया बुझ्ने । तर बनाउनु त कहाँ हो कहाँ किन निर्माण भएन भनेर सोध्न गएका सर्वसाधारणलाई मेयरले नै कु ट पि ट गरी शौचालयमा थु ने पछि गढीमाई नगरपालिकामा त्यसले वि वा दको रुप लिएको छ । एक वर्ष देखि गुनासो गर्दा गर्दा हाजित भएका स्थानियले लापरवाहीको भिडियो सार्वजनिक गरेपछि मेयरले भिडियो सार्वजनिक गर्नेका बृद्ध बुवालाई कु ट पि ट गरी शौचालयमा थुनिदिएका छन् । कुरा हो बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवको ।

महागढीमाई नगरपालिका २ बरियारपुरका मुकेशका बुबा ५५ वर्षीय महेन्द्र भन्ने हरेन्द्र महतोलाई मेयर यादवले सोमबार गाली तथा कु ट पि ट गर्दै आधा घण्टा नगरपालिकाको शौचालयमा थुनेको पीडितले आ रोप लगाएका छन्। नगरपालिकाकै सवइन्जिनियर श्याम जयसवालले आफ्नै नेतृत्वमा उपभोक्ता समिति गठन गरी ४० लाखमा नाला बनाउने जिम्मा लिएका छन।

गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने काम सम्पन्न भएन । ४० लाख बजेट निकासा गरेपनि नाला अधुरै छाडेपछि पानी जम्ने र आफुहरुले स म स्या पाउने गरेको मेयर यादवलाई मुकेशले पटक-पटक गुनासो गरेपछि आजित भएर सोमबार बिहान मेयर नाला निरीक्षण गर्न पुगेका थिए। त्यती बेला उनले मेयरसंग प्रतिकृया लिन खोज्दा उनको क्यामेरा खोस्ने प्रयास भयो । मेयरले ‘यो काम किनारा लगाउन सक्दिन’ भन्ने जवाफ दिएका थिए । त्यसको निकै छोटो भिडियो मुकेशका साथीले सामाजिक सञ्जालमा हालेका थिए ।

त्यो भिडियो हेरेपछि मुकेशलाई खोज्दै गएका नगरप्रहरीले उनलाइ फेला नपारेपछि खेतमा पानी सिंचाइ गरिरहेका महतोलाई नगरपालिका लिएर गए । मेयरको निर्देशनमा नगरप्रहरीले ज ब र ज स्ती मोटरसाइकलमा राखेर नगरपालिका पुर्याइएका उनलाई मेयरले कु ट पि ट गर्दै शौचालयमा थुनिदिए ।
नगरपालिकामा लगेपछि मेयर यादवले उनलाई ‘छोरा कहाँ छ’ भनेर सोध्दै तथानाम गा ली ग लौ ज गर्दै गालामा एक झा पड हि र्का एको’ उनले सुनाए।

मेयरले आफुले लगाएको जुत्ता महतोका टाउकोमा राखे अपमान गरेका थिए । त्यसपछि मलाई एक झा पड गालामा हि र्का ए र नगरपालिकाको चर्पीमा लगेर थुनिदिए । छोरालाई उपस्थित गराउने सर्तमा उनलाई सोमवार साँझ छोडिएको छ । नगरपालिकावाट घर लिएर गएका मेयरले आफ्नो घरमा पनि महतोलाई नि य न्त्र ण मा राखेको पी डि तको भनाई छ । विनाकारण आफ्नो बुवालाई दु व्र्य व हार गर्ने मेयर यादवमाथि का र बा ही हुनुपर्ने मुकेशले बताए। न्यायका लागि आफू प्रशासन जाने समेत उनले बताएका छन्।

५ सेकेण्डको त्यो भिडियो ‘एकजना स्थानीय भाईले समाजिक सञ्जालमा हालेको’ उनको भनाई छ। यता मेयरले भने मुकेशलाई कुनै पनि हालतमा नछोड्ने र का र वा ही गर्ने चे ता व नी दिएका छन् । उनले मुकेशको बुवालाई सोधपुछका लागि नगरपालिका बोलाएको तर कु ट पि ट भने नगरेको दावी गरेका छन् ।etajakhabarसहयोगमा 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment