केक बोक्ने हेलिकप्टरले बिरामी बोक्न सकेन, हार्दिक श्रद्धाञ्जलि कल्पना !

केक बोक्ने हेलिकप्टरले बिरामी बोक्न सकेन, हार्दिक श्रद्धाञ्जलि कल्पना !

फाल्गुण १४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको बर्थ डे केक बोक्न हेलिकप्टर चार्टर गरिएको समाचार भाइरल भइरहँदा एक बिरामी कागजी प्रक्रियामा रुमल्लिँदा एक घाइते युवतीले ज्यानै गुमाउनु परेको खबर पनि सार्वजनिक भएको छ ।

केक बोकेर प्रधानमन्त्रीको गृह जिल्ला लान जति सजिलो भयो, त्यति सिकिस्त बिरामीलाई काठमाडौँ ल्याउन रहेनछ। घटनाक्रम यस्तो थियो ,सल्यान जिल्लाको शारदा नगरपालिकाका बासिन्दा कृष्णप्रसाद आचार्यकी २१ वर्षीया छोरी कल्पना आचार्य घर नजिकैको घाँस काट्न जाँदा गत फागुन ४ गते रुखबाट लडेर सिकिस्त भइन्। बेहोस् भएको अवस्थामा उनलाई सल्यानको जिल्ला अस्पताल लगियो ।

जिल्लाको अस्पतालको सुविधा उस्तै त हो। त्यहाँ उपचार सम्भव भएन। सुविधा सम्पन्न अस्पतालमा सर्जरी नै गर्नुपर्ने सिफारिश अस्पतालले गर्‍यो ।

अब गर्ने के ?
एम्बुलेन्सबाट लग्ने हो भने समय धेरै लाग्ने । बाटोमै मृत्यु हुनसक्ने जोखिम । अर्को उपाय भनेको हेलिकप्टर। नगरपालिकाका मेयर, प्रदेशका मन्त्री, सांसद, सिडिओले मिलेर हेलिकप्टर उद्दारको प्रयास गरे ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उद्दार खर्च व्यहोर्ने सहमति पनि भयो । फूपुकी छोरी कल्पनाको उद्दार प्रयासबारे सम्झँदै सिद्धार्थ गौतमले फेसबुकमा लेखेका छन्, उद्दार प्रक्रियाका लागि कागजातले काठमाण्डु, सुर्खेत सल्यानको फन्को लगाउँदै गर्दा बिरामी रुखबाट लडेको करिब ९ घण्टा बितिसकेको थियो । बल्लतल्ल कागजी प्रकृया पूरा गरी गृह मन्त्रालयमा पुगेको केही समय पछि मन्त्रालयले भनिदियो(अहिले हेलिकप्टर उडाउन सकिँदैन ।

मन्त्रालयको यो जवाफले उद्दारका लागि लागिपरेका सबै निराश भए । उद्दारको पर्खाइमा रुखबाट लडेको करिब १८ घण्टा पछि राती कल्पनाले यो धर्ती त्यागिन् ।
सबैले चाहँदा चाहँदै,बच्ने सम्भावना रहँदा रहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन’, गौतमले लेखेका छन्, ‘तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य संयन्त्र किन प्यारालाइज्ड देखिन्छरु यी कागजी प्रकृया र भनसुन बाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि ?

संविधानमै समाजवादउन्मुख लेखिएको हाम्रो देशमा यो कस्तो विडम्बना। सरकार प्रमुखको लागि केक बोक्न हेलिकप्टर प्रयोग हुने देशमा बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा पनि उडाउन नमिल्ने , प्रधानमन्त्री देशको नक्सा आकारको केक हेलिकप्टरबाट मगाई मगाई काटेर उत्सव मनाउन व्यस्त हुने तर बिरामी दुर्गम गाउँको पनि हैन, यो देशले नगरपालिका घोषणा गरेको ठाउँबाट पनि एक बिरामी सही उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै मर्नुपर्ने ,

माफ गर कल्पना बहिनी । हामी हार्दिक श्रद्धाञ्जलि भन्ने शब्द मात्रै लेख्‍न सक्छौँ । अरु केही गर्न सक्ने अवस्थामा छैनौँ ,onlinekendraसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment