कोरोनाका कारण ४ लाख ८० हजार अमेरिकीको निधन…….

कोरोनाका कारण ४ लाख ८० हजार अमेरिकीको निधन हुने आँकलन सार्वजनिक

विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका स’ङ्क्र’मितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट स’ङ्क्र’मित हुने व्यक्तिको सङ्ख्या १ लाख ११३ पुगेको छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट स’ङ्क्र’मितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका स’ङ्क्र’मित करिब ८० हजार जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विश्वभर हाल कोरोना सं;क्र;मितहरु १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस स’ङ्क्र’मणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको निधन भएको छ ।

अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको स’ङ्क्र’मणबाट ज्या’न जाने व्यक्तिको संख्या शनिबारसम्म ३ हजार ५०० नाघेको छ । यस भाइरसको स’ङ्क्र’मण ९२ ओटा देशमा फैलिएको छ ।

उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा यस कोरोना जी’वाणु (भाइरस) का कारण २ जना निधन भएपछि यहाँ पनि यस भाइरसबाट शि’कार हुनेको संख्या १७ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा ३०० सय भन्दा बढी व्यक्तिमा यस भाइरसको स’ङ्क्र’मण देखिएको छ ।’

अमेरिकाका अस्पताललले करीब साढे ९ करोड कोरोना सं’क्र’मितका लागि तयारी गरिरहेको एक आँकलन गरेको सार्वजनिक भएको छ। डेली मेलमा प्रकाशित समाचारका अनुसार करीब ४ लाख ८० हजार अमेरिकीको कोरोना सं’क्रम’णबाट निधन हुनुका साथै ९ करोड ६ लाख मानिस सं’क्र’मित हुने आँकलन गरिएको छ।

यूनिभर्सिटी अफ नेब्रस्का मेडिकल सेन्टरका प्रोफेसर डा जेम्स ललरले प्रस्तुत गरेको एक आँकलनमा यस्तो अनुमान गरिएको पाइएको हो।

यसैबीच इरानबाट प्राप्त भएको पछिल्लो समाचारमा त्यहाँ यसको प्रकोपबाट निधन हुनेको संख्या १२४ पुगेको छ । इरानी सरकारले शुक्रबार मात्र १७ जनाको ज्या’न गएको घोषणा गरेको हो । योसँगै यस भाइरसबाट निधन हुनेको संख्या १२४ पुगेको हो ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो स’ङ्क्र’मणबाट शुक्रबार साँझसम्ममा ४ हजार ७४४ जना सं;क्र;मित रहेका छन् । यहाँ हरेक दिन नयाँ नयाँ सं;क्र;मित थपिँदै गएका बताइएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार २३४ जना नयाँ सं;क्र;मित थपिएका छन् । नयाँ सं;क्र;मितहरु ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चि’न्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ ।

त्यसैगरी गरी इटालीमा ३ हजार ९१६ जनामा यस रोगको स’ङ्क्र’मण भएको पाइएको छ । इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।

त्यस्तै कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको निधन भइसकेको छ । त्यसैगरी छ हजार ७६७ जनामा कोरोना स’ङ्क्र’मण देखिएको शनिबार जनाइएको छ ।श्राेत etajakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment