बुटवलकाे जुवाखालबाट ४ महिलासहित ५ जना पक्राउ

बुटवलकाे जुवाखालबाट ४ महिलासहित ५ जना पक्राउ

४ चैत, बुटवल । बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो ।

उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।श्राेत  onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment