अमेरिकाभर फैलियो कोरोना भाइरस, ११५ काे मृत्यु

अमेरिकाभर फैलियो कोरोना भाइरस, ११५ काे मृत्यु

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो ।

अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११५ पुगिसकेको छ । साथै संक्रमितको संख्या पनि ६५०० नाघिसकेको छ । विश्वभर यो भाइरसबाट करिब २ लाख मानिस संक्रमित भइसकेका छन् भने करिब ८ हजार मानिसको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको कारण अहिले समग्र विश्व प्रभावित भइरहेको अवस्थामा अमेरिकाको पनि आर्थिक क्षेत्रमा यसको नकारात्मक असर पर्न सक्ने वश्लिेषकहरुले चेतावनी दिएका छन् । आर्थिक क्षेत्रमा सुधारको लागि अमेरिकाले १० खर्ब डलरको आर्थिक सहायता कोषको प्रस्ताव अघि सारेको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभिन म्नुशिनले रिपब्लिकका सांसदहरुलाई बोलाएर यो विधेयक संसद्मा पारित नभए अमेरिकाको बेरोजगारी २० प्रतिशतसम्म पुग्ने चेतावनी दिएका छन् ।

यसअघि केन्द्रीय बैंक फेडेरल रिजर्भले कोरोना भाइरसको अमेरिकामा पर्न सक्ने नकारात्मक असर न्यूनीकरणको लागि ७ खर्ब डलरको आर्थिक सहायता कोष ल्याउनुका साथै ब्याजदर पनि शून्यको हाराहारीमा झार्ने निर्णय गरेको थियो ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment