१७ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर मुनी बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।
सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको शवलाई प्रहरीले पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।श्राेतonlinekhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्