नेपालले कोरोना संक्रमणबिरुद्धको खोप ल्याउन आवश्यक तयारी तीब्ररुपमा अघि बढाउदै

नेपालले कोरोना संक्रमणबिरुद्धको खोप ल्याउन आवश्यक तयारी तीब्ररुपमा अघि बढायो

 

 

काठमाडौं, १७ मंसिर । नेपालले कोरोना संक्रमणबिरुद्धको खोप ल्याउन आवश्यक तयारी तीब्ररुपमा अघि बढाएको छ ।

 

यसअघि नै औषधि अध्यादेश जारी गरेर कानूनी अड्चन फुकाएपछि नेपालले कोभाक्स सुविधा अन्तर्गत सहुलियत दरमा समयमै कोभिड–१९ को खोप पाउन सम्बन्धित निकायमा प्राविधिक विवरण समेत पठाइसकेको छ ।

 

लामो समयको प्रतीक्षापछि विश्वमा कोरोनाविरुद्धको खोप उपलब्ध हुन थालेको छ । कोरोनाविरुद्धको खोप फाइजरको प्रयोग गर्न बेलायतले अनुमति नै प्रदान गरिसकेको छ ।

 

बेलायतको औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ ।

 

नेपालले अहिलेसम्म कोभिड बिरुद्धको खोप ल्याउन के के तयारी गर्यो ?

 

१. औषधि अध्यादेश जारी गरेर क्लिनिक ट्रायलको कानूनी अड्चन हटाइयो

 

२. खोप खरिद गर्न समित गठन गरेर बजेट सुनिश्चित

 

३. माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम सम्ममा खोप भण्डारण गर्न मिल्ने संरचनाको तयारी

 

४. कोभाक्स सुविधाअन्तर्गत खोप पाउन प्राविधिक विवरण पठाइयो

 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सजिलै कोभिड खोप पाउनका लागि विभिन्न मुलुकको समूह तयार पारेको छ । डब्लूएचओले यो समूहलाई कोभाक्स अर्थात् ‘ग्लोबल भ्याक्सिन फेसिलिटी’ नाम दिएको छ ।

कोरोना महामारी रोक्न खोप, उपचार, परीक्षण उपलब्ध गराउन कोभाक्समा सहभागी १८६ मुलुक छन् । नेपाललाई न्यून आय भएको मुलुकमा राखिएको छ ।

 

सन् २०२१ सम्म प्रभावकारी कोभिड खोपको दुई अर्ब मात्रा वितरण गर्ने कोभाक्सको लक्ष्य छ । यहीँ सुबिधा अन्तर्गत नेपालले पनि केही मात्रामा खोप पाउने छ ।

 

सरकारले खोप ल्याउने तयारी गरिरहेको र संसारमा खोप उपलब्ध हुनथालेपछि नेपालले पनि छिटो भन्दा छिटो कोरोना बिरुद्धको खोप भित्र्याउने अर्थ मन्त्री बिष्णु पौडेलको भनाइ छ ।

 

नेपालको कुल जनसंख्याको २० प्रतिशतको लागि पुग्ने खोप कोभाक्स अन्तर्गत सहयोगमा आउने छ भने थप खोप खरिद गर्नुपर्ने छ । हालसम्म विश्वमा कोरोना बिरुद्धका ४ कम्पनीले खोप निर्माण गरेर लाइसेनिङको प्रक्रियामा छन् ।

रिया भण्डारी

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment