किलीएन एम्बाप्पे बने सबैभन्दा महंगो युवा खेलाडी

किलीएन एम्बाप्पे बने सबैभन्दा महंगो युवा खेलाडी

किलीएन एम्बाप्पे बने सबैभन्दा महंगो युवा खेलाडी विश्वकप विजेता टोली फ्रान्सका खेलाडी किलीएन एम्बाप्पे हालै सकरेक्सले गरेको रिपोर्टमा सबैभन्दा महगो युवा फुटबलर रहेको जनाएको छ ।

रिपोर्ट अनृुसार १९९७, जनवरी १ पछि जन्मेका फुटबलरहरुको मूल्यांकन गरेको छ । जसमा उमेर, स्तर, हालीय क्लब, बजार मूल्य, अन्तर्राष्ट्रिय खेल, खेलेको समय, चोट, प्राविधिक गुण र गोल गरेको आधारमा सकरेक्सले रिपोर्ट निकालेको हो । जसमा पेरिस सेन्ट जर्मेनका स्टार एम्बाप्पे १७ करोड १५ लाख पाउन्ड मूल्यका साथ सवैभन्दा महगो युवा फुटबलर बने ।

फ्रान्सलाई विश्वकप उपाधि दिलाउन उनले चार गोल समेत गरेका थिए । यस्तै म्यानचेस्टर युनाइटेडका एटे्याकर मार्कुस रास्फोर्ड दोस्रो स्थानमा रहेका छन् । रुसमा सम्पन्न विश्वकपमा इंग्ल्यान्ड चौथो हुँदा उनले पनि सहभागिता जनाएका थिए । उनी ७ करोड ९६ लाख पाउन्डसहित सबैभन्दा महगो युवा फुटबलरको सूचीमा दोस्रो स्थानमा रह्यो ।

अर्को प्रिमियर लिग खेलाडी तेस्रो स्थानमा छन् । म्यानचेस्टर सिटीका ब्राजिली स्ट्राइर गेब्रिएल जिससको मूल्य ७ करोड ८५ लाख पाउन्ड रहेको छ ।

 

नेपाली दम्पत्तिले गरेअाफनै छोराको मिर्गौला दान

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment