हाम्रा मन्त्री कस्ता : विनाअध्ययन प्याच्च बाेल्ने अनि माफी माग्ने !

हाम्रा मन्त्री कस्ता : विनाअध्ययन प्याच्च बाेल्ने अनि माफी माग्ने !

काठमाडौं ।  हाम्रा मन्त्री कस्ता : विनाअध्ययन प्याच्च बाेल्ने अनि माफी माग्ने ! वर्तमान सरकारका मन्त्रीहरू एकपछि अर्काे गर्दै विवादमा मुछिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ अाफूले बाेलेकाे कुरालार्इ लिएर चर्काे विवादमा तानिएका छन् ।

 

कानुनमन्त्री तामाङले बंगलादेशमा पढ्न जाने नेपाली छात्राहरुबारे प्याच्च बाेलेपछि उनकाे नियत र अध्ययनकाे दायरा कति संकुचित रहेछ भन्ने उदांगिएकाे छ ।

 

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरू याैन शाेषणकाे शिकार भइरहेकाे भन्ने अाफ्नै भनाइ फिर्ता लिँदै उनले सार्वजनिक रूपमा माफी मागेका छन् । मन्त्री तामाङले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।’उनले ब‌ंगलादेशमा हाल दुई हजारभन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको उल्लेख गर्दै उनीहरुले भोग्नुपरेका केही समस्यालाई उजागर गर्न मात्र खोजेको प्रस्ट्याएका छन् ।

 

शुक्रबार उनले दिएकाे भाषणकाे भिडियाे मिडियामा अाएपछि यसले अध्ययन गर्न गएका नेपाली छात्राहरूमाथि मात्रै नभर्इ समग्र नेपालकै इज्जत र प्रतिष्ठामाथि आँच अाएकाे भन्दै चर्काे अालाेचना भएकाे थियाे । त्यसपछि आइतबार उनले विज्ञप्ती नै जारी गरेर आफूले झुक्किएर बाेलेकाे भन्दै उक्त भनाइ फिर्ता लिएकाे बताए ।

 

यसरी विनाअध्ययन प्रतिवेदन वा विना प्रमाण उनले लहडकाे भरमा प्याच्च बाेलेपछि त्यसकाे खण्डनमा साेधिएका प्रश्नहरूकाे गतिलाे जवाफ समेत दिन सकेका छैनन् । यस कुराले सरकारका मन्त्रीहरू कत्तिकाे अध्ययनशील, जिम्मेवार रहेछन् भन्ने छर्लंग भएकाे छ । उनले उक्त अाराेप अाफूले कतैबाट सुनेकाे अाधारमा लगाएकाे स्वीकारेका छन् तर यस तथ्यबारे कुनै प्रतिवेदन अाफूसँग नभएकाे बताएका छन् ।

 

के बाेलेका थिए ?

 

शुक्रबार चावहिलको चुच्चेपाटीस्थित एक निजी स्कुल प्राक्टिस इन्टरनेशनल एकेडेमीमा आयोजित कार्यक्रममा मन्त्री तामाङ सहभागी थिए । उनले कार्यक्रममा सम्बोधन गर्ने क्रममा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेका बताएका थिए ।

 

उनले भनेका थिए, ‘हामी हाम्रा छोरीचेलीलाई पढ्नलाई विदेश पठाउँछौं तर त्यहाँ आफूलाई (शरीर) नसुम्पिर्इकन सर्टिफिकेट पाउने अवस्था नै छैन ।’ साे स्कुलबाट एसर्इर्इ दिएका विद्यार्थीहरूलार्इ सम्बाेधन गर्दै मन्त्री तामाङले उक्त कुरा बाेलेका हुन्, जसलार्इ उनैकाे शब्दमा ‘मार्मिक कथा’ भनिएकाे छ । उनले बंगलादेशमा डाक्टर जाने नेपाली छाेरीचेलीहरूले सर्टिफिकेट लिनका लागि अाफ्नाे अस्मिता बेच्नैपर्छ अवस्था रहेकाे बताएका थिए ।

 

मन्त्री तामाङकाे उक्त भनाइले बंगलादेशमा डाक्टरी पढ्न गएका र फर्कसकेका नेपाली महिलाहरूलार्इ मर्माहत बनाएकाे प्रतिक्रिया अाइरहेका छन् ।

 

दुर्गा प्रसाइकै शब्द सापटी !

 

केही दिनअघि बि एन्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाइले समेत बंगलादेशमा डाक्टरी पढ्न जाने युवतीहरू अाफ्नाे अस्मिता बेचेर सर्टिफिकेट लिन्छन् भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि उनकाे चर्काे अालाेचना भयाे । प्रसार्इले खाेलेकाे मेडिकल कलेजले सम्बन्धन भने पाइसकेकाे छैन, जसविरूद्ध डा. गाेविन्द केसी लड्दै अाएका छन् ।

 

मन्त्री तामाङले समेत प्रसाइकै शब्द सापटी लिँदै अाफ्नाे भाषण दिएकाे अाराेप लागेकाे छ, अन्यथा मन्त्री तामाङले उक्त कुरा प्रमाणित गर्ने तथ्य दिन सक्नुपर्थ्याे । यद्यपि उनले यसबारे प्रतिवेदन अाफूकहाँ छिट्टै पुग्ने र त्यसपछि यथार्थ बाहिर अाउने दाबी गरेका छन् ।अाफ्नाे उक्त भनाइलार्इ सच्याउँदै मन्त्री तामाङले अाइतबारकाे विज्ञप्तीमा भनेका छन्, ‘बंगलादेशमा अध्ययनरत रहँदा नै नेपाली विद्यार्थीले आत्महत्या गरेको र हिंसाजन्य केही घटना उजुरीका रुपमा समेत आएको छ । नेपालमै यस्ता विषयमा अध्ययनको व्यवस्था भए नेपाली विद्यार्थी पीडित हुनु पर्दैनथ्याे ।’

 

 

स्वास्नी हराएको सूचना : ऊ कहाँ छे थाहा भए खबर पाऊँ !

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment