ग्राण्डीमा दुर्घटनाग्रस्त हेलिकप्टर अस्पतालको छतबाट तल झारियो

helicopter-accident-in-Grandi-Hospital-Nepal image

काठमाडौं । ग्राण्डीमा दुर्घटनाग्रस्त हेलिकप्टर अस्पतालको छतबाट तल झारियो  गत असार १५ गते शनिवार ग्राण्डी

अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल टिम लिन आएको र हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर आज अस्पतालको छतबाट तल झारिएको छ ।

अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउने काममा हिजो र आज सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिम दिनभर ब्यस्त रहेको थियो ।

यसरी हेलिकप्टर हटाइसकेपछिको अवस्थामा अस्पतालको रुफटप हेलिप्याड सुरक्षित रहेकोसमेत जानकारी गराइएको छ ।

 

त्यस्तै दुर्घटना भएलगत्तै ग्राण्डी अस्पतालको सुरक्षा तथा रेस्क्यु टोली, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल तथा

सिम्रिक एयरको इन्जिनियरिङ टोलीले संभावित क्षति न्यूनिकरणमा खेलेका महत्वपूर्ण भुमिकाका लागि आभारी व्यक्त गरिएको छ ।

 

दुर्घटनापछि पनि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा देशका बिभिन्न भागबाट बिरामीको उद्धार गरी ल्याउने मेडिकल

इभ्याकुएशन तथा इएमएस सेवा लगायतका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी पनि गराइएको छ ।

 

 

अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको 9N-ALR कल साइनको हेलिकप्टर असार १५ गते दिउँसो २

बजेर ३२ मिनेटमा अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको बिपरित दिशामा केहीफन्को घुमेर अस्पतालको दक्षिण तर्फको कुनामा खसेको थियो ।

फेरी ट्रिपर ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि जलाईयो

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment