बच्चा जन्माएर झाडीमा फालेपछि

बच्चा जन्माएर झाडीमा फालेपछि

बच्चा जन्माएर झाडीमा फालेपछि बेलबारी/ मोरङको बेलबारी नगरपालिका वडा नं. ४ स्थित देविथान सामुदायिक वनको झाडीमा एक शिशुको आमाले लगाएको लुगामा बेरेर शिशुलाई झाडीमा फ्याँकेको अवस्थामा जंङगलमा रोइरहे अवस्थामा भेटियो नवजात शिशु (छोरी)

 

दाउरा लिन जंगल गएका स्थानीय ६८ वर्षिया सुकमाया राईले शिशुलाई फेला पारेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । शिशु झाडीमा रुएको आवज आएपछि ति महिलाले भेट्टाएका हुन् । राईले उनी सँगै जङगल गएका स्थानीयलाई बोलाएर शिशुलाई घरमा ल्याएका थिए । शिशु अनुमानित ४ दिनको रहेको बुझिएको छ ।

दाउरामा जाने टोलीले शिशुलाई जङगलको झाडीमा भेट्दा कमिलाले टोकिरहेको अवस्थामा फेला परेको बताए । कमिलाले घाउ बनाएको, मैलो अवस्थामा रहेको शिशुलाई गाउलेहरुले नुहाई दिएर, दूध खुवाएर सुकमाया राईको घरमा लगेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

 

अहिले शिशुलाई विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणको लागि लगिएको ईलका प्रहरी कार्यालयका प्रमुख राम कुमार राईले बताएका छन् । शिशुको स्वास्थ्यमा केहि खराब भएको प्रमुख राईले बताएका छन् ।

 

घट्नस्थलमा बेलबारी इलाका प्रहरी कार्यालयका प्रमुख राम कुमार राई टोलीसहित पुगेका थिए । शिशु छोरी रहेको र आमाले लगाएको लुगामा बेरेर शिशुलाई झाडीमा फ्याँकेको प्रमुख राईले जानकारी दिए । शिशुको आमा को हो भन्ने थाहा नभएको र घट्नबारे अनुसन्धान जारी रहेको राईले बताए । ‘स्थानीयले समयमै भेटेर शिशुको जान सक्ने थिए’, उनले भने ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment