गोठ गएका बाबुछोरा दुई साता देखि बेपत्ता !

गोठ गएका बाबुछोरा दुई साता देखि बेपत्ता !

धादिङ ।गोठ गएका बाबुछोरा दुई साता देखि बेपत्ता ! लेकमा रहेको गोठमा गएका बाबुछोरा दुई सातादेखि परिवार र गाउँलेसँग सम्पर्क विहिन भएपछि धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ बर्खाप टोलका वासिन्दा चिन्तित भएका छन् ।

साविकको सेर्तुङ गाविस वडा नं ६ मा पर्ने बर्खाप टोलका बाबुछोरा १५ दिन अघिदेखि घरबाट गोठ तर्फ गएकोमा बिचबाटै बेपत्ता भएका हुन् । गाउँभन्दा ६ घण्टा माथिको घोच्ची लेकमा रहेको गोठमा गाईबस्तु स्याहार सुसार गर्नका लागि गएका थार लामा तामाङ र उनका ९ वर्षीय छोरा आकाश तामाङ १५ दिन अघिदेखि हराईरहेका छन् ।

 

श्रीमान र छोरा बेपत्ता भएपछि थार लामाकी श्रीमती तर्चिमाया तामाङ अर्ध वेहोस् बनेको गाउँलेहरुले बताएका छन् । हराईरहेका बाबुछोराको खोजीको लागि सेर्तुङस्थीत प्रहरी चौकीमा र वडा कार्यालयमा खबर गरिएको गाउँपालिका कर्मचारी डेभिड घलेले जानकारी दिएका छन् । घरको मुली नै हराएपछि तामाङ परिवारमा समस्यामा परेको छ ।

 

घरबाट गोठ गएको ४/५ दिनसम्मपनि घर नफर्किएपछि उनिहरुको खोजिका लागि गाउँलेहरु गाईगोठसम्म पुगेर फर्किए पनि फेला नपरेको घलेले बताए ।

 

‘बेपत्ता भएको १५ दिन भइसक्दा समेत घर नफर्किएपछि गाउँले २० जनाको टोली लेक तर्फ परिचालन गरेर तामाङ बाबुछोराको खोजि गरिरहेको वताएका छन् । पुर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्म थलो रुवीभ्याली गाउँपालिकामा पर्ने साविकको सेर्तुङ गाउँ विकास समितिमा अहिलेसम्म मोटरबाटो पुगेको छैन ।

 

सेर्तुङ पुग्नका लागि सदरमुकाम धादिङवेशीबाट ३ दिन पैदल यात्रा गर्नुपर्दछ । गर्र्मी मौसममा भेडा, च्याङग्रा र चौरीगाईलाई लेकको गोठ तिर लगेर छाड्ने गरिन्छ भने चिसो मौसममा वेसी तर्फ ल्याईने गरिन्छ । गोठहरु सामुहिक रुपमा बनाईने हुंदा गाउँलेहरु पालो लगाएर गोठ जाने र घर फर्कने गर्दछन्

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment