एक युवतीले रक्सी बनाउन अनलाइनबाट सर्प मगाइन्, टोक्दा गयो ज्यान

एक युवतीले रक्सी बनाउन अनलाइनबाट सर्प मगाइन्, टोक्दा गयो ज्यान

एक युवतीले रक्सी बनाउन अनलाइनबाट सर्प मगाइन्, टोक्दा गयो ज्यान चीनमा एक युवतीलाई रक्सी बनाउनका लागि मगाएको सर्पले टोकेपछि मृत्यु भएको छ । युवतीले पारम्परिक ‘स्नेक वाइन’ बनाउनका लागि अनलाइनमार्फत सर्प मगाएकी थिइन् । घटना उत्तरी जिल्ला शान्शीको हो ।

 

२१ वर्षीया युवतीको करेत सर्पले टोकेपछि गत मंगलबार मृत्यु भएको हो । उनको मृत्यु भएको आठ दिनपछि सिन्ह्वाले यसबारे जानकारी दिएको हो ।

 

स्रोतका अनुसार उनले झुआनझुआन नामको अनलाइन पोर्टलबाट उक्त सर्प मगाएकी थिइन् । उक्त अनलाईनमा चीनको दिग्गज कम्पनी टेन्सेन्टले लगानी गरेको छ । दक्षिणी जिल्ला गुआन्डोंगबाट एक बिक्रेताले उक्त सर्प पठाएको थियो । उक्त जिल्लामा यो सर्प निकै पाइन्छन् । सर्पलाई ती युवतीको घरसम्म पुर्याउने स्थानीय कुरियर कम्पनीले आफूलाई डब्बा भित्र के थियो भन्ने थाहा नभएको बताए ।

 

युवतीकी आमा सिन्ह्वालाई दिएको जानकारी अनुसार उनकी छोरीले पारम्परिक रक्सी बनाउनका लागि सर्प मगाएकी थिइन् । यस्तो रक्सी औषधीय गुणले भरपुर हुने बताइएको छ ।

 

मिडिया रिपोर्टले युवतीलाई टोकेपछि सर्प भागेको बताएको छ भने वन विभागका अधिकारीले सर्पलाई युवतीको घर बाहिरबाट समातेको बताएका छन् ।

 

घटनापछि जंगली जीवको अनलाइन बिक्रीमा रोक लगाइएको छ । कम्पनीले यस्तो प्रकारको विज्ञापन पनि हटाएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment