काठमाडौं । ट्याक्सीमा चढेर चक्कु देखाइ चालकलाई लुट्ने तीन जना प्रहरीको फन्दामा चक्कु देखाएर ट्याक्सी चालकलाई लुट्ने तीन जनालाई पक्राउ गरिएको छ । उनीहरुले काठमाडौंको बुढानिलकण्ठ–७, चपली हाइटमा चक्कु देखाएर ट्याक्सी चालकसँग रहेको मोबाइल र नगद लुटपाट गरेका थिए ।
पक्राउ पर्नेमा टोखा–३, ग्रिनल्याण्डका २३ वर्षीय राहुल शिल्पकार, झापा लक्ष्मीपुरका २५ वर्षीय बिराज ढकाल र नुवाकोटको ककनी रानीपौवाका १८ वर्षीय कबिन परियार रहेका छन् ।
चपलीहाइटमा गएराति ११ बजे ट्याक्सीमा यात्रु बनेर चढेका उनीहरुले चक्कु देखाएर लुटपाट गरेका प्रहरीले जनाएको छ । उनीहरुले ट्याक्सी चालकको साथमा भएको मोबाइल र नगद लुटपाट गरेका थिए ।
काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले जनाए अनुसार परियार र शिल्पकार तत्कालै पक्राउ गरिएको थियो । तर ढकाल भने शुक्रबार बिहान धापासीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको साथबाट ५ हजार ६ सय रुपैयाँ नगदसहित ६ वटा मोबाइल बरामद गरिएको छ । साथै उनीहरुको साथबाट खुकुरी, हाते बञ्चरो, चक्कु लगायतका सामाग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
एक युवतीले रक्सी बनाउन अनलाइनबाट सर्प मगाइन्, टोक्दा गयो ज्यान