मोटरसाइकलमा प्रेस लेखेर लागूऔषधको कारोवार !

मोटरसाइकलमा प्रेस लेखेर लागूऔषधको कारोवार !

काठमाडौंँ। मोटरसाइकलमा प्रेस लेखेर लागूऔषधको कारोवार ! मोटरसाइकलको पछाडि भागमा प्रेस लेखेर लागूऔषध ओसारपसार तथा कारोवार गरिरहेको अवस्थामा धनुषा गणेशमान नगरपालिका वडा नम्बर–४ घरभई हाल सिनामङ्गल बस्ने ३१ वर्षीय राजकुमार चौधरी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाले अभियक्तु चौधरीलाई मङ्गलवार बिहान न्यूरोडस्थित पुरानो महानगरपालिका रहेका पार्किङक्षेत्रबाट पक्राउ गरेको हो । उनको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद भएको जानकारी प्रहरीले दिएको छ ।

 

प्रेस लेखिएको ज ७ प १४०७ नम्बरको मोटरसाइकल नजिकै पार्किङ गरी हेल्मेट समेत नखोली ग्राहक कुरिरहेको अवस्थामा विशेष सुराकीका आधारमा सादा पोशाकमा खटेको प्रहरी टोली उनलाई पक्राउ गर्न सफल भएको हो ।

 

नेपाल–भारतको सीमा नजिकबाट लागूऔषध खरिद गरी काठमाडौंँमा विक्री वितरण गर्न सक्रिय चौधरीको पक्राउपछि लागूऔषध खरिद गर्न आएका वसन्तपुर बस्ने ३२ वर्षीय मोहम्द साहिदलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

 

वृत्त जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द लिम्बुका अनुसार अभियुक्त चौधरीले प्रेस लेखिएको मोटरसाइकल प्रयोग गरी भारतबाट लागूऔषध खरिद गरी सिधै काठमाडौँसम्म पु¥याइ विक्री वितरण गर्ने गरेको पाइएको छ ।

 

मोटरसाइकलमा प्रेस लेखिएका कारण सुरक्षाकर्मीले समेत उनलाई सुरक्षाजाँच गर्ने नगरेको पाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अभियुक्त चौधरीले झोलामा राखिएको लागूऔषध लिन साहिदलाई उक्त स्थानमा बोलाएका थिए ।

 

उनको साथबाट २५ हजार रुपियाँ नगदका साथै ग्लोबल आइएमइबाट असार १७ गतेदेखि साउन १३ गतेसम्म गरी करिब चारलाख रुपियाँ घरमा पठाएको प्रमाणहरू बरामद भएका छन् ।

 

यसैबीच, सत्यसाईमार्ग नयाँबानेश्वरमा डेरा गरी बस्ने झापा दमकका उद्धव न्यौपाने, सुमन झा र मोरङ मधुमल्लाका यादव चौलागाई ४० ग्राम खैरो हिरोइन सहित पक्राउ परेका छन् । याे खबर अाजकाे गाेरखापत्रमा छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment