भारतीय महिला जो नेपालीका लागि बनिन् भगवान

भारतीय महिला जो नेपालीका लागि बनिन् भगवान

भारतीय महिला जो नेपालीका लागि बनिन् भगवान भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । बुधबार बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक इराक र कुवेत पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् ।

राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्रहरीसमेतको सहयोगमा उक्त होटलमा छापा मारेर नेपाली महिलालाई उद्धार गरिएको जनाइएको छ । मानव तस्कर गिरोहका सदस्य भने पक्राउ परेका छैनन् । एक साताको अवधिमा ७० भन्दा बढी महिलालाई त्यसरी उद्धार गरिएको पनि मालिवालले जनाएकी छन् ।

पीडित महिलालाई तेस्रो मुलुकमा आकर्षक रोजगारीको लालच देखाएर दलालहरुले ल्याउने गरेको उनको भनाइ छ ।

 

उनले दिल्ली प्रहरीले मानव तस्करीविरुद्ध प्रभावकारी कदम चाल्न नसकेको गुनासोसमेत गरिन् । ठूलो संख्यामा नेपाली महिलालाई होटलमा ल्याएर राख्दासमेत प्रहरीले पत्तो नपाउनु अनौठो भएको उनको भनाइ थियो ।

 

पीडित महिलाले आफूलाई श्रीलंका, खाडीमुलुक लगायतमा आकर्षक तलवका साथ रोजगारी मिलाइदिने आश्वासनका साथ दिल्ली ल्याइएको बताएका छन्

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment