अंकीत गुप्ताको अपहरण र हत्या गर्ने अपहरणकारी पक्राउ गत जेठ २२ गतेबाराको जीतपुरका व्यापारी ललनप्रसाद कलवारका ९ वर्षिय छोरा अंकीत गुप्ताको अपहरण र हत्या आफन्तकै योजनामा भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय सिमरामा आयोजित पत्रकार सम्मेलनमा नातामा भिनाजु पर्ने प्रदिप कुमार कलवारले योजनाबद्ध रुपमा हत्या गरेको प्रहरीले जनाएको हो ।वीरगञ्ज महानगरपालिका १३ रानीघाट बस्ने घटनाका मूख्य योजनाकार कलवार सहित अंकितको अपहरण र हत्यामा संलग्न पर्सा जिल्ला पोखरिया नगरपालिका ७ घर भइ हाल वीरगञ्ज बस्ने सिपाही भनिने रामप्रवेश साह, पर्सा गोविन्दपुर घर भई वीरगञ्ज महानगरपालिका २४ बस्ने पार्वती देबी र भारत विहार पश्चिम चम्पारण जोगापट्टी थाना बस्ने सुरज गीरीलाई सार्वजनिक समेत गरिएको थियो
कलवारकै योजना अनुसार गत जेठ २२ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारबाट अंकीतको अपहरण भएको र फिरौती रकम समेत लिएर गत साउन १ गते हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
सबै अभियुक्त वीरगञ्जबाट पक्राउ परेको दाबी गरेपनि घटनाका मुख्य योजनाकार भनिएका कलवारलाई प्रहरीले भारतको विहारस्थित जोगापट्टी डुमरीयाबाट पक्राउ गरेको थियो ।