रासायनिक मलकाे अन्धाधुन्ध प्रयाेग खेतकाे उर्वराशक्ति घट्दै

रासायनिक मलकाे अन्धाधुन्ध प्रयाेग खेतकाे उर्वराशक्ति घट्दै !

नेपालगन्ज । रासायनिक मलकाे अन्धाधुन्ध प्रयाेग खेतकाे उर्वराशक्ति घट्दै  उत्पादन बढाउने नाममा रासायनिक मलको असन्तुलित प्रयोग बढ्दै गएकाले पश्चिम तरार्इका उर्बरा जमिनकाे क्षमता ह्रास अाउने समस्या निम्तिन थालेकाे छ।

रासायनिक मलको अन्धाधुन्ध प्रयाेग बढ्दै जाँदा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको कृषिविज्ञ बताउँछन् । सरकारले नै रासायनिक मललाई सर्वसुलभ र सहुलियतमा दिने नीति अवलम्बन गरेकाले यसप्रति कृषक आकर्षित हुँदै गएको कृषिविज्ञ राकेश ओझाकाे भनाइ छ ।

कपिलवस्तुमा क्षेत्रीय माटो प्रयोगशालाको घुम्ती टोलीले दुई महिनाअघि कपिलवस्तु नगरपालिकाका विभिन्न गाउँको माटो परीक्षण गर्यो । यहाँको माटोमा क्षारीयपन बढी रहेकाले माटोको उर्वराशक्ति कमजोर बनेको रिपोर्ट आएको नगरपालिका कृषि एकाइ प्रमुख खुर्सेदअहमद खाँले बताए । नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत माटोमा कम देखिएकाले यसले उत्पादनमा ह्रास आउँदै गएको उनको भनाइ छ । यहाँ युरिया, डिएपिलगायतका रासायनिक मलको अत्यधिक प्रयोग गर्ने गरिएको नागरिक दैनिकमा समाचार छ ।

तौलिहवाका कृषक घाउराका यादवले आफूले धान, गहुँलगायत बालीको उत्पादन बढाउन युरिया र डिएपी मल प्रयोग गर्ने गरेको बताए । उनले आफूलाई कम्पोष्ट मलबारे जानकारी नभएको बताए । गत आर्थिक वर्ष २०७४/७५ मा कपिलवस्तुमा युरिया आठ हजार आठ सय २६, डिएपी चार हजार ५३ र पोटास एक सय ६५ मेट्रिकटन बिक्री भएको छ।

 

बच्चाले गर्भअवस्थामै अंश पाउने भदौ १ देखि हुदै छ लागू

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment