शिशु जन्माएर हत्या गर्ने आमा पक्राउ

शिशु जन्माएर हत्या गर्ने आमा पक्राउ

लमजुङ। शिशु जन्माएर हत्या गर्ने आमा पक्राउ नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा निम्तियो भयाभह

अंकीत गुप्ताको अपहरण र हत्या गर्ने अपहरणकारी पक्राउ

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment