मुस्ताङ। बाढीले कागबेनी-तिरी जोड्ने पुल बगायो लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।
बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको रु १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको हो ।
पुल बगाएपछि तिरीका १५ परिवार समस्यामा परेका छन् ।
पुल बनेपछि यहाँका बासिन्दालाई चौपाया चराउन तथा पर्यटकलाई पदमार्ग हुँदै उपल्लो मुस्ताङ आवतजावत गर्न सहज भएको थियो । पुल बगाएपछि स्थानीयवासी र पर्यटक प्रवाभित भएका छन् ।
सांसद प्रेमप्रसाद तुलाचनले पुल निर्माणका लागि तत्कालै प्राविधिक खटाइने बताउनुभयो ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्