श्रीमतिलाई सडकमा छाडी अमेरिकमा श्रीमानको मस्ती !

श्रीमतिलाई सडकमा छाडी अमेरिकमा श्रीमानको

काठमाडौं । श्रीमतिलाई सडकमा छाडी अमेरिकमा श्रीमानको मस्ती ! मिटर व्याजमा पैसा लिएर अवैधबाटो हुदै श्रीमानलाई अमेरिका पठाएकी मायां गुरुङलाई दलालले मात्र होइन अ‍मेरिका पुगेका आफ्नै श्रीमानले धोका दिएपछि सडकमा पुगेकी छन् ।
उनले २०६४ सालमा पोखराका सुरज बजगाईसँंग प्रेम बिवाह गरिन् । सँगै व्यवसायी सुरु गरेपनि श्रीमानले अनैतिक काममा लागेपछि मलेशिया पठाईन् । मलेसिया पुगेर कमाउनको साटो उल्टो नेपालबाट हुण्डी मार्फत पैसा पठाएर नेपाल फर्काउनु प¥यो ।
यहि बेला अवैधबाटो हुँदै श्रीमानलाई अमेरीका पु¥याइदिने भन्दै उनको सम्पर्कमा आए क्यानाडा बस्ने अहिले मानव तस्करीको नाइके भन्दै प्रहरीले रेड नोटिश जारी गर्ने तयारीमा राखेका हिम्तवालीका हिरो सुर्दशन गौतम ।

श्रीमतिलाई सडकमा छाडी अमेरिकमा श्रीमानको

उनीसँग ५२ लाख रुपैयाँ लिएर सुर्दशनले उनका श्रीमानलाई ब्राजिल हुँदै अवैध बाटो अमेरिका पु¥याइन् । तर पनि समस्याले उनलाई छोडेन । आधा करोड खर्चिएर अमेरिका पुगेका श्रीमान केहि समयमा पछि सम्पर्क विहिन भए ।

सुरजलाई अमेरिका पठाउँदा लिएको ऋण अझै उनले तिरेका छैनन् । साहुहरु मायाँलाई लखेटिरहन्छन् । हाम्रो कार्यालयमा छँदा पनि एक जना साहुले फोन गरेर पैसा कहिले फिर्ता गर्छाै भनि सोधिरहेका थिए ।

ऋणको भारी बोकाएर अमेरिकामा श्रीमान भासिदाको वियोगमा छटपटिएकी उनलाई पुन सुर्दशन गौतमले २८ लाखमा नै अमेरिका पु¥याइदिने सुनाए । श्रीमान गएकै बाटो अमेरिका पु¥याउने भने पनि ग्वाटेमालाबाट उनि नेपाल फर्किइन् । अमेरीका नपु¥याए पैसा फिर्ता दिने भनेका गौतम अहिले सम्पर्क विहिन छन् ।

घेरैलाई ठगेका र मानवतस्करीका नाईके सुदर्शनका विरुद्ध प्रहरी रेड नोटिस जारी गर्ने तयारीमा छ । इन्टरकाष्ट बिवाह गरेकी माया अहिले विचल्लीमा छन् । छोरीलाई लगेर उनि माईतीमा बस्छन् । सुरज के उनको परिवारका कसैले उनको वास्ता नगरेपनि छोरी लैजान खोजिरहेका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment