तीन वटा ट्रकमा आगजनी, ठाउँ-ठाउँमा भेटियाे बम

तीन वटा ट्रकमा आगजनी, ठाउँ-ठाउँमा भेटियाे बम

 तीन वटा ट्रकमा आगजनी, ठाउँ-ठाउँमा भेटियाे बम  ।

तीन वटा ट्रकमा आगजनी, ठाउँ-ठाउँमा भेटियाे बम  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा सामान्य परेपनि उपत्यका बाहिरको जनजीवन भने प्रभावित भएको छ ।

 

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न माग गर्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दले उपत्यका बाहिरको जनजीवन भने प्रभवित बनाएको हो ।

चन्द नेतृत्वको नेकपाले बिहानै देखि उपत्यका लगायत विभिन्न जिल्लामा राखेको बमका कारण जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले उपत्यकाका विभिन्न स्थानमा राखेको बम भने प्रहरीले निष्क्रिय पारेपनि झापास्थित पत्रकार महासंघको कार्यालय नजिकै भने बम विस्फोट भएको छ ।

 

नुवाकोटबाट काठमाडौं आउँदै गरेको बा २ ख ८५१६, बा ५ ख २१३० , बा ५ ख २१३२ नम्बरको ट्रकमा समेत आगजनी गरेको छ ।

त्यसैगरी, बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको गैंडाकोटस्थित भृकुटीचोकमा रोकि राखिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरको ट्रकमा आगजनी समेत गरेका छन् ।

बन्दले विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ ।

 

विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् ।

यसैबीच काठमाडौंको जमल पुलमुनी कार्टुनमा प्याक गरिएको प्रेसर कुकुर सहित पार्टी कार्यकर्ता आजाद र रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले से ५ प ६७०१ नम्वरको स्कुटीमा सवार दुवै जनालाई चेकजाच गर्दा प्रेसर कुकुर भेटिएकाले पक्राउ गरेको जनाएको छ ।

बन्दका कारण उपत्यकाका अधिकांश कलेजहरु बन्द छन् ।

कलेज प्रशासनले कलेज सञ्चालन हुने नहुनेबारे अग्रिम जानकारी नदिँदा कलेजसम्म पुगेका अधिकांश विद्यार्थीहरु कोहि बीचबाटोबाट कोहि कलेज पुगेर त्यत्तिकै फर्किएका थिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment