तर्साउन’लार्इ ठाउँठाउँमा बम

तर्साउन’लार्इ ठाउँठाउँमा बम

काठमाडौं । तर्साउन’लार्इ ठाउँठाउँमा बम विप्लव नेतृत्वकाे नेकपाले बन्द अाह्वान गरेकाे अाज (मंगलबार) बिहानैदेखि काठमाडाैँ, भक्तपुर लगायतका विभन्न ठाउँमा बम भेटिए । विभिन्न ठाउँमा राखिएका बम तथा शंकास्पद बस्तु नेपाल प्रहरी र नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेकाे छ । तर पनि बिहानै देखि सर्वसाधारण र स्थानीयमा भने त्रास सृजना भएकाे छ ।

 

प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै तर्साउनलार्इ मात्र बम राखिएकाे जनाएकाे छ । साथै सर्वसाधारणलार्इ नडराउन काठमाडाैँ प्रहरीले अनुराेध गरेकाे छ ।

 

अाज बिहानै भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकन्थलीमा प्रेसर कुकर बम भेटिएको थियो । ती स्थानमा फेला परेका बम र प्लाष्टिकमा पोको पारिएका शंकास्पद बस्तु प्रहरी तथा नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारिसकेकाे प्रहरीकाे दाबी छ । ललितपुुरको ग्वार्कोमा फेला परेको अर्काे प्रेसर कुकर बम पनि सेनाको टोलीले अाजै बिहानै ३ बजेतिर डिस्पोज गरेको जनाइएकाे छ ।

 

बम राखेकाे अाश‌ंकामा नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्ता समेत  पक्राउ परेका छन् । अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई प्रहरीले पक्राउ गरेकाे जनाइएकाे छ । उनीहरुकाे सुरक्षा चेकजाच गर्दा ‘प्रेसर कुकुर’ भेटिएकाे थियाे ।

 

नेकपाले आफ्ना नेता पक्राउ परेको विरोधमा अाज नेपाल बन्द आह्वान गरेकाे थियाे । मुलुकभर बन्दकाे प्रभाव भने सामान्य देखिएकाे छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment