काठमाडौं। भारी वर्षाका कारण काठमाडौं काे विभिन्न भाग डुबानमा, देशभरका ठूला नदीमा बाढी
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमती लगायत देशभरका ठूला नदीमा बाढी आएको छ ।
उपत्यकाका कतिपयस्थान डुबानमा समेत परेका छन् ।
बागमतीको पानीको सतह पूलभन्दा माथिसम्म आएको थियो ।
उपत्यकाका अन्य विष्णुमती, धोविखोला, रुद्रमतीलगायत नदीमा आएको बाढीले विभिन्न ठाउँ डुबानमा परेको छ ।
बाढीका कारण काठमाडौंको बानेश्वर, बुढिनिलकण्ड, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको हो ।
राति १ बजे देखि बाढी पसेपछि नदी किनारका बासिन्दा प्रभावित भएका छन् ।
सुन्दरीजलमा एउटा कुखुरा फर्म डुबाउँदा २ सय कुखुरा मरेका प्रहरीले जनाएको छ ।
मुलुकका अन्य ठूला नदी कालिगण्डकी, अरुण, सुनकोशी, तमोर र सप्तकोशीमा पानीको सतह खतराको तह नजिकै पुगेको छ ।
कोशीको चतराभन्दा तल सप्तरी र सुनसरीमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
यस्तै पर्वतको कुस्मा कालिगण्डकीमा बाढी आएको छ ।
अफ्नै बाबु ले ३ छोरा र भाई माथि खुकुरी प्रहार