काठमाडौं । उत्तर कोरीयाको भ्रमण स्थगित गरेर भारत भ्रमणमा जाने प्रचण्डको निर्णय
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेर भारत भ्रमणमा जाने भएका छन् ।
प्रचण्डको सेप्टेम्बर ९ तारिखमा उत्तर कोरीया भ्रमण तालिका थियो । तर भ्रमण रोकेर यो तालिकामा भारत भ्रमणमा जाने प्रचण्डको सचिवालयले जनाएको छ ।
कोरियाली राजदूतावासले उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन उत्तर कोरिया बाट अध्यक्ष प्रचण्डकै नेतृत्वको टोलीलाई भ्रमणको निम्तो आएको थियो ।
जाने भनेर तयारी पनि गरिएको थियो । तर अहिले सकिएन, अर्को कुनै अवसरमा आउँला भनेर भनिएको नेकपा स्रोतले बताएको छ ।
प्रचण्डको सट्टामा अरु कसैलाई पठाउने कि नपठाउने भन्ने विषयमा पार्टीले निर्णय गर्ने नेकपाले बताएकाे छ ।
भारी वर्षाका कारण काठमाडौं काे विभिन्न भाग डुबानमा
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्