नुवाकोट बस दुर्घटना ४० जना घाइते र सात गम्भीर भएकाे खबर छ, जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।
आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।

बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।
अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
थप अन्य समचार
किन टाँसिन्छ घरमा नागको तस्वीर,के छ नागपञ्चमीको महत्त्व ।
हिन्दू धर्मका विभिन्न पर्वहरूका आध्यात्मिक र दार्शनिक महत्त्व छन् ।
श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पनि आध्यात्मिक महत्त्व बोकेको पर्व हो ।
यसपालि नागपञ्चमी भोलि बिहीवार परेको छ ।
सनातन धर्ममा मोक्ष प्राप्तिका लागि नागलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ ।
भगवान् विष्णु शेषनागमा शयन गर्नुहुन्छ । शिवजीको गलामा नाग हुन्छ ।
समुद्र मन्थनका लागि नाग वासुकिलाई डोरी बनाइएको थियो ।
आदिम परम्परामा सर्पलाई माताका रूपमा मनसा देवीको पूजा गरिँदै आएको छ ।
सामाजिक रूपमा यही कारणले गर्दा नाग वा सर्पको पूजा शुरू भयो ।
सनातन धर्मका परम्परामा राजयोग अर्थात् कुण्डलिनी जागरणमार्फत मोक्षप्राप्तिको चर्चा आउँछ ।
मनुष्य शरीरमा ऊर्जा प्रवाह ७२ हजार नाडीमार्फत हुन्छ तिनमा पनि इडा, पिंगला र सुषुम्ना नाडी बढी महत्त्वपूर्ण छन् ।
पुरा पढ्न यहा क्लिक गर्नुहाेस् ।
बैंकबाट पैसा झिकेर फर्कँदै गर्दा चक्कु देखाएर ६ लाख लुटियो