बढाएको कर फिर्ता नलिए आन्दोलन गर्ने क्रन्तिकारी माओवादीको चेतावनी

बढाएको कर फिर्ता नलिए आन्दोलन गर्ने क्रन्तिकारी माओवादीको चेतावनी

बढाएको कर  फिर्ता नलिए आन्दोलन गर्ने क्रन्तिकारी माओवादीको चेतावनी ।

ओखलढुंगा ।

सरकारले अस्वभाविक रुपमा करको दायरा बढाएको भन्दै तुरुन्त फिर्ता लिन क्रन्तिकारी माओवादीले चेतावनी दिएको छ ।

क्रन्तिकारी माओवादीको ओखलढुंगा र सोलुखुम्बु जिल्ला कमिटिले बुधबार ओखलढुंगामा संयुक्त विज्ञप्ती जारी गर्दै तत्कालै कर वृद्धि फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

सरकारले जनताको ढाँड सेकिनेगरी कर वृद्धि गरेको भन्दै यो निणर्य तत्काल फिर्ता गर्नुपर्ने जनाएको छ ।

अस्वभाविक कर वृद्धिले सर्वधारण जनता प्रत्यक्ष मारमा परेको भन्दै यसको बिरोधका लागी कर्मचारी,शिक्षक,बुद्धिजिवी,मजदुर तथा सर्वसाधारणलाई आह्वान समेत गरेको छ ।

क्रन्तिकारी माओवादीका ओखलढुंगा जिल्ला सेक्रेटरी रुद्र फुयालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा समाजमा भैरहेका हत्या,हिसां,बलात्कार जन्य जघन्य अपराध नियन्त्रण गरी नागरीकको सुरक्षाको प्रत्याभुती गराउन सरकारसंग माग समेत गरेको छ ।

यदि यस बिषयमा सरकार गम्भिर नभए सिंगो पार्टि नै सामाजिक अपराधका बिरुद्ध परिचालित हुने समेत चेतावनी दिएको छ ।

 

विज्ञप्तीमा दैनिक उपभोग्य बस्तुमा मुल्य वृद्धि हुदाँ कालाबजारी बढेको र विकाश निमार्णका काममा भ्रष्टचार बढेको भन्दै छानबिन गरी दोसीलाई कारबाही गर्न माग गरेका छन् ।

साथै आगामी असोज २१ र २२ गते ओखलढुंगा–सोलुखुम्बु संयुक्त जिल्ला संगठन समितिको जिल्ला सम्मेल गर्ने निर्णय पनि गरेका छन् ।

 

थप अन्य समचार

उत्तर कोरीयाको भ्रमण स्थगित गरेर भारत भ्रमणमा जाने प्रचण्डको निर्णय ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेर भारत भ्रमणमा जाने भएका छन् ।

प्रचण्डको सेप्टेम्बर ९ तारिखमा उत्तर कोरीया भ्रमण तालिका थियो । तर भ्रमण रोकेर यो तालिकामा भारत भ्रमणमा जाने प्रचण्डको सचिवालयले जनाएको छ ।

पुरा पढ्न यहा क्लिक गर्नुहाेस् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment