बागलुङ, पहिरोले घर पुरिँदा सासूबुहारी बेपत्ता निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उहाँकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता हुनुभएको छ ।
पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उहाँहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताउनुभयो ।
घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ ।
अन्य थप समचार
नुवाकोट बस दुर्घटना ४० जना घाइते र सात गम्भीर
जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।
आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।
पुरा पढ्न यहा क्लिक गर्नुहाेस् ।
अफ्नै बाबु ले ३ छोरा र भाई माथि खुकुरी प्रहार