जनता महामारीको चपेटामा, प्रदेशमा मुख्यमन्त्री बन्ने र हटाउने खेल

१४ वैशाख, काठमाडौं । सोमबार मात्र पोखरामा कास्कीका दुई र स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यु भयो । कोभिड–१९ को संक्रमण भएर अवस्था गम्भीर हुँदा पनि अस्पतालमा बेड नपाउनेहरुको संख्या त्यतिकै छ । तर जनताकf प्रतिनिधिहरुको थलो प्रदेशसभामा भने को मुख्यमन्त्री बन्ने भन्ने बहस भइरहेको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल भएसँगै सत्तारुढ नेकपा एमाले तथा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यहरुले एकअर्कालाई सत्ता लोलुपको आरोप लगाइरहेका थिए । मंगलबार प्रदेशसभा सदस्यहरुको पीसीआर टेष्ट गर्न…

Read More

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान तत्काल बन्द नगरिने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान तत्काल नराेक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने तत्काल नरोक्ने र विदेशबाट आउने सबै यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको हाे । यस्तै बैठकले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । बैठकमा स्थानीय प्रशासनद्वारा पहाडी तथा हिमाली जिल्लामा २०० र तराई तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी…

Read More

संक्रमण बढेका ९ जिल्लामा निषेधाज्ञा

उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि निषेधाज्ञा, उल्लंघन गरे ५ सय जरिवाना र १ महिना कैद काठमाडौँ — सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ । जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय जिल्ला प्रशासनले फलो गर्नेछन्,’ अर्थमन्त्री…

Read More

नेकपाको प्रस्तावः प्रदेश २ को नाम जानकी राखौं

नेकपाको प्रस्तावः प्रदेश २ को नाम जानकी राखौं

५ भदौ, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ । बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको हो । त्यस अनुसार नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गरेका हुन् । रामकुमार यादव प्रस्तावक छन् भने ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादव समर्थक छन् । प्रदेशको स्थायी राजधानी जनकपुर परिक्रमा मार्गसहित सिंगो धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरेका छन् । संसदीय दलका नेता सत्यनारायण मण्डल प्रस्तावक रहेको प्रस्तावमा सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा र नेभी लुंगेली समर्थक छन्…

Read More

प्रदेश ५ का मन्त्रीसहित ९ जनाको टोली चीन भ्रमणमा जाने

प्रदेश का मन्त्रीसहित टोली चीन भ्रमणमा जाने

६ साउन, बुटवल । प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वको टोलीले चीनको गान्सु प्रान्त भ्रमण गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आएको निम्तोमा मन्त्री गिरीको नेतृत्वमा प्रदेशसभा सदस्यहरु र कर्मचारीहरुसहित ९ सदस्यीय टोली गान्सु प्रान्त जाने भएको हो । भदौ १० देखि १६ गतेसम्म हुने भ्रमणलाई मन्त्रिपरिषद वैठकले स्वीकृति प्रदान गरेको छ । भ्रमण टोलीमा मन्त्री गिरीसहित प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, सरस्वती गौतम, निर्मला क्षेत्री, बावुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय…

Read More

मेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए

मेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए

पौष ३०, काठमाडौं ।  मेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए मेलम्ची पानी काठमाडौं ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेना हप्ता दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । सुरुङ, स्थायी बाँध र पानी प्रशोधन केन्द्र जस्ता मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वषदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौंमा आउने समय अझै लम्बिने भएको छ । मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजना र ठेकेदार पक्षसँग संवाद नभएको प्रस्ट्याएका हुन्।  

Read More

मुलुकभरको मौसम बदली हुँदा हलुका वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

मुलुकभरको मौसम बदली हुँदा हलुका वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

काठमाडौं । मुलुकभरको मौसम बदली हुँदा हलुका वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौ उपत्यका लगायत देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । त्यस्तै हुम्ला–जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । मौसम पूर्वामनुमान महाशाखाका अनुसार देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । त्यस्तै आज राति देशको पश्चिमी भुभागमा आंशिक…

Read More

मुस्ताङमा हिमपात सुरु, तापक्रम माइनस १६ डिग्री

मुस्ताङमा हिमपात सुरु, तापक्रम माइनस १६ डिग्री

जोमसोम । मुस्ताङमा हिमपात सुरु, तापक्रम माइनस १६ डिग्री पश्चिमी वायुको प्रभावले हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात सुरु भएको छ । आइतबार साँझदेखि यो वर्षमा पहिलो पटक हिउँ परेको हो । स्थानीयको अनुसार सामान्यतः कार्तिक महिनापछि मुस्ताङमा चिसो बढ्न सुरु हुन्छ । मङ्सिर, पुस र माघमा हिउँ पर्छ। मुस्ताङ जिल्लाको तल्लो भेग मानिने थासाङ गाउँपालिकादेखि माथिल्लो मुस्ताङसम्म हिउँ परिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । तल्लो भेगको तुलनामा माथिल्लो भेगमा बढी हिउँ परेको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए । आइतबार रातिदेखि परेको हिमपातले हिमाली जिल्ला मुस्ताङकाे जनजीवन प्रभावित बन्दै गएको छ…

Read More

कर्णालीमा हिमपात, कष्टकर जनजीवन

कर्णालीमा हिमपात, कष्टकर जनजीवन

काठमाडौं । कर्णालीमा हिमपात, कष्टकर जनजीवन कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च भेगमा हिमपात भएको छ । हिमपातपछि जनजीवन कष्टकर बनेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ । दुई दिनदेखि हुम्लामा घाम नलाग्दा न्युनतम तापक्रम माइनस ९ मा पुगेको छ । यस्तै, कालिकोटमा माइनस पाँच, जुम्लामा माइनस चारसम्म तापक्रम पुगेको छ । डोल्पाको भोट क्षेत्रमा पनि हिमपात भएको छ । अत्यधिक जाडो बढेको छ । धारामा पानी थाप्नसमेत तातोपानी प्रयोग गर्नु परेको छ । बालबालिका, महिला, जेष्ठ नागरिक अत्यधिक प्रभावित भएका छन् । कालीकोटका ९० प्रतिशत भूभागमा हिमपात हुने सम्भावना रहेको…

Read More

न्यूज २४ बाट घुसकाण्ड सार्वजनिक भएपछि पोखरामा लिइएको अहेबको परीक्षा रद्द

न्यूज २४ बाट घुसकाण्ड सार्वजनिक भएपछि पोखरामा लिइएको अहेबको परीक्षा रद्द

काठमाडौं, २१ मंसिर । न्यूज २४ बाट घुसकाण्ड सार्वजनिक भएपछि पोखरामा लिइएको अहेबको परीक्षा रद्द पास गराइदिन्छु भन्दै घुस लिएको सप्रमाण समाचार न्यूज २४ बाट प्रसारण भएपछि लोक सेवा आयोगले गत मंसिर ९ गते आयोगको पोखरा कार्यालयबाट लिइएको अहेब पदको अन्र्तवार्ता रद्द गरेको छ । स्वयं अन्तर्वार्तामा सहभागी स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा. तारानाथ पौडेल अन्तर्वातामा सहभागीसँग १ लाख घुस लिदा लिदै पक्राउ परेको दृश्य र यससम्बन्धि रिपोर्ट न्यूज २४ को सीधाकुरा जनतासँंग कार्यक्रममा प्रसारण भएको थियो । पास गराइदिन्छु भन्दै घुस लिने पौडेल स्वास्थ्य मन्त्रालयका ११ औं तहका…

Read More