बडिगाडमा विवाह भोजमा सहभागि एकै परिवारका तीनजनाको मृत्यु

बागलुङ । कोरोनाले यहाँका एकैघरका तीन जनाको मृत्यु भएको छ । विवाह भोजपछि बिरामी परेका बडिगाड गाउँपालिका-४ का उनीहरूको एक साताको अवधिमा मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय बाबु तथा ५१ वर्षीय र ४० वर्षीय दुई छोरा छन् । बाबु र ५१ वर्षीय छोराको पोखरा र ४० वर्षीय छोराको धौलागिरि अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । साताअघि हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । बडिगाड-४ मा अझै धेरै बिरामी छन् । सामान्य…

Read More

बागलुङबाट बिरामी लिएर गएको एम्बुलेन्स पाल्पामा दुर्घटना, तीन घाइते !

बुर्तिबाङ : बागलुङको बुर्तिबाङदेखि बुटवल जाँदै गरेको एम्बुलेन्स पाल्पाको दोभानमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजे विपरित दिशा तर्फबाट आएको ट्रकले ठक्करदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश ३ ०१०२४ च ५९३० नम्बरको एम्बलेन्सलाई विपरित दिशाबाट आएको ट्रकले टक्कर दिएको प्रहरी चौकि दोभान पल्लपाका हवल्दार चुडामणी पोखरेलले जानकारी दिए । घाइते हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सिताराम बोहोरा र अन्य दुई जना रहेका छन् । अन्य दुई जना समान्य घाइते छन् भने बोहोराको खुट्टामा चोट लागेको छ । एम्बुलेन्सले…

Read More

नेपाल पठाउन खाडीमा रहेका नेपालीले खरिद गरे ६ सय अक्सिजन सिलिण्डर

२९ वैशाख, काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमनस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले अनलाईनखबरलाई बताए । खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको झाले जानकारी दिए । ‘६ सय थान अक्सिजन सिलिण्डर खरिद भईसकेको छ, जतिसक्दो छिटो नेपाल पाठाउने गरी हामी अहिले लजिस्टिकको पार्टमा काम गर्दै छौं,’ झाले ओमनबाट भने…

Read More

हाँस्नु कि रुनु ? गोबर दलेर कोरोना भगाउने कोसिस !

भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् । यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ र कुनै पनि हालतमा संक्रमण हुँदैन । समाचार संस्था रोयटरले कभर गरेको यो भिडियो यतिबेला विश्वभर भाइरल भइरहेको छ । श्री स्वामीनारायण गुरुकुल बिद्यालयमा स्थानीयहरु हप्ताको एक दिन भेला हुन्छन, गौमुत्र र गोबर मिसाएर घोल…

Read More

मेयरको दुःखेसो- ‘रातभर एकपछि अर्को अस्पतालमा फोन गरें, आईसीयूमा बेड पाइनँ’

२५ वैशाख, काठमाडौं । आईसीयूमा बेड नपाउँदा बचाउन सकिने अवस्थाका एक कोरोना संक्रमितको मृत्यु भएको चाँगुनारायण नगरपालिकाका मेयरले बताएका छन् । मेयर सोमप्रसाद मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का अन्दाजी ५५/६० वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए । तर बेड पाउन सकेनन् र संक्रमितको मृत्यु भएको छ । मेयर मिश्रका अनुसार कोरोना संक्रमण भएर ती पुरुष ६ दिनअघि भक्तपुर अस्पतालमा भर्ना भएका थिए । उनको जेनेरल वार्डमा उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या आएपछि तीन दिनपछि हाई केयर युनिटमा सारियो । अस्पतालले अक्सिजन अभाव छ…

Read More

खुसीको खबर : रवी लामीछानेले खोले अस्पताल, अब सबैको उपचार नि:शुल्क हुने । सबैले शेयर गरौ ।

काठमाडौं  : वरिष्ठ संचार कर्मी रवी लामीछानेद्वारा भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग सहकार्य गरेको भनि जानकारी गराउनुभएको छ । जहाँ निम्न आए भएका विरामीले निशुल्क सेवा पाउने बताउनुभएको छ । आफ्नो फेसबुक पेज मार्फत उहाँले जानकारी गराउनुभएको हो। उहाँले लेख्नुभएको छ भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ। “कामका कुरा”कार्यक्रम…

Read More

कोरोनाबाट ज्यान गुमाउने चिकित्सकका परिवारलाई रु. २५ लाख क्षतिपूर्ती दिइने

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, विरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख क्षतिपूर्ती दिने प्रदेश सरकारले निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई क्षतिपूर्तीस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ती रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी थिइन् ।…

Read More

आन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

काठमाडौँ — बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कृषि मन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रित भेटिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले बैशाख २२ गतेदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको…

Read More

उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ गर्ने !

बैशाख १९, काठमाडौँ । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।

Read More

समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य

बैशाख १९, काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । बैशाख १९, काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिँड्न पाउने गरेका थिए ।

Read More