फेरी केपी ओली नै प्रधानमन्त्री नियुक्त, शपथ शुक्रबार

३० वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ शुक्रबार अपरान्ह हुनेछ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए ।…

Read More

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भएको छैन । एमाले उपाध्यक्ष…

Read More

बालुवाटारमा एमालेको बैठक जारी : कालो मास्क र मोबाइलले फोटो खिच्न निषेध !

काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एमाले महाधिवेशन कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ । बैठकमा सहभागिता जनाउने नेता तथा समाचार संकलन गर्ने सञ्चारकर्मीलाई कालो मास्कसहित फोटा खिच्न निषेध गरिएको छ । कालो मास्क लगाएर सूचना संकलन गर्न गएका सञ्चारकर्मीमलाई प्रवेशमा रोक लगाइएको छ । साथै, बैठकको फोटो क्यामेराबाट मात्र खिच्त पाइने, मोबाइलबाट खिच्न नपाइने नियम कडाइका साथ लागू गरिएको छ । केही समयअघि काठमाडौंको कार्की पार्टी प्यालेसमा आयोजित जिल्लो कमिटीको भेलामा पनि सहभागी कार्यक्रममा कालो मास्क र कालो टोपी लगाउन निषेध गरिएको थियो । त्यतिबेला कालो झण्डाको…

Read More

बालुवाटारको बालुवामा तेल छैन : नेपाल

बालुवाटारको बालुवामा तेल छैन : नेपाल

जनकपुर — नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिस्ट आन्दोलन धरापमा परेको बताए । ‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकिएन,’ नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेन ।’ पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन भेटघाट भए…

Read More

एमाले ब्युँतिएपछि पहिलो पटक केपी ओली र माधव नेपालबीच भेट हुँदै

एमाले ब्युँतिएपछि पहिलो पटक केपी ओली र माधव नेपालबीच भेट हुँदै

काठमाडौं , २ चैत । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ । एमाले ब्युँतिएपछि पहिलो पटक ओली र नेपाल औपचारिक छलफलमा बस्न लागेका हुन् । स्रोतका अनुसार अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो । पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् । त्यस्तै नेपाल पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् ।

Read More

माओवादीबाट एमालेमा गएका सांसदहरुको पद धरापमा,

माओवादीबाट एमालेमा गएका सांसदहरुको पद धरापमा,

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्रका संघीय संसदका ६ र प्रदेश सभाका ७ सांसद एमालेमै बस्ने भएपछि उनीहरुको सांसद पद धरापमा परेको छ । आफ्नो पूर्व पार्टीमा नफर्किने भएपछि माओवादी केन्द्रको शनिवार बसेको स्थायी कमिटी बैठकले रामबहादुर थापा बादल सहितका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ भने आइतबारको केन्द्रीय कमिटी बैठकले उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । पूर्व पार्टी माओवादी केन्द्रमा रहेका २३ जना नेता एमालेमा गएका छन् । जसमध्ये संघीय संसदका ६ जना र प्रदेश सांसद ७ जना छन् । गृहमन्त्री समेत रहेका रामबहादुर…

Read More

माओवादीको बैठक : ‘बादल’ सहित १३ जना सांसद र १० केन्द्रीय सदस्यलाई कारवाहीको प्रस्ताव

माओवादीको बैठक : ‘बादल’ सहित १३ जना सांसद र १० केन्द्रीय सदस्यलाई कारवाहीको प्रस्ताव

काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ । माओवादी केन्द्र ब्यूँतिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ ।  बैठकमा रामबहादुर थापा ‘बादल’ सहित १३ जना सांसद र अन्य १० जना केन्द्रीय सदस्यमाथि अनुशासनको कारबाही प्रस्ताव गरिएको छ । माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बसेको हो ।  माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव पनि बैठकमा पेश भएको छ ।…

Read More

प्रदेश- १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश- १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर, १ चैत्र । प्रदेश- १ को चैत्र २ गते बोलाएको प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गर्न भनेपछि सचिवालयले सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गरी विषेश कारणले बैठक स्थगित गर्नुपरेको उल्लेख छ । यसअघि फागुन २० गतेका लागि बोलाइएको बैठक १९ गते नै सूचना प्रकाशित गर्दै संसद सचिवालयले चैत २ गतेका लागि बैठक बोलाएको थियो । निर्धारित गएको २० गते पनि विषेश कारण देखाउदै प्रदेश…

Read More

ओली र नेपाल समूहबीच झडप, सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको ठाउँमा

कैलालीमा ओली र नेपाल समूहबीच झडप भएको छ । प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ता बीच कुटाकुट भएको हो । सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको ठाउँमा लेखराज भट्टको नेमप्लेट लेखेर राखिएको छ  । पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए ।…

Read More

राजनीतिक र सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिताकाे खाँचो : राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी

काठमाडाैं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना…

Read More