नेपालमा एकाबिहानै २ पटक गयो भूकम्प, सात वटा घर भत्किए, तीनजना घाइते

कठमाडौं । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । िवहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएका राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे छ। यसै भूकम्पका कारण लम्जुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे…

Read More

बडिगाडमा विवाह भोजमा सहभागि एकै परिवारका तीनजनाको मृत्यु

बागलुङ । कोरोनाले यहाँका एकैघरका तीन जनाको मृत्यु भएको छ । विवाह भोजपछि बिरामी परेका बडिगाड गाउँपालिका-४ का उनीहरूको एक साताको अवधिमा मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय बाबु तथा ५१ वर्षीय र ४० वर्षीय दुई छोरा छन् । बाबु र ५१ वर्षीय छोराको पोखरा र ४० वर्षीय छोराको धौलागिरि अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । साताअघि हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । बडिगाड-४ मा अझै धेरै बिरामी छन् । सामान्य…

Read More

बागलुङबाट बिरामी लिएर गएको एम्बुलेन्स पाल्पामा दुर्घटना, तीन घाइते !

बुर्तिबाङ : बागलुङको बुर्तिबाङदेखि बुटवल जाँदै गरेको एम्बुलेन्स पाल्पाको दोभानमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजे विपरित दिशा तर्फबाट आएको ट्रकले ठक्करदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश ३ ०१०२४ च ५९३० नम्बरको एम्बलेन्सलाई विपरित दिशाबाट आएको ट्रकले टक्कर दिएको प्रहरी चौकि दोभान पल्लपाका हवल्दार चुडामणी पोखरेलले जानकारी दिए । घाइते हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सिताराम बोहोरा र अन्य दुई जना रहेका छन् । अन्य दुई जना समान्य घाइते छन् भने बोहोराको खुट्टामा चोट लागेको छ । एम्बुलेन्सले…

Read More

ढोरपाटन ट्याक्सी दु’र्घ’टना हुँदा दुई जनाको गयाे ज्या’न, एक जना घाइते

जिल्लाको ढोरपाटन नगरपालिका–५ प्या’ङखोलामा ट्याक्सी दु’र्घ’टना हुँदा दुई जनाको ज्या’न गएको छ । यस्तै एक जना महिला घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तका अनुसार, आज साँझ पोखराबाट ढोरपाटन नगरको प्याङ्खोला जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दु’र्घ’टना भएको हो । दु’र्घ’टनामा परि ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विक र चालक बडिगाड गाउँपालिका–५ का ढालबहादुर थापाको मृ’त्यु भएको वन्तले जानकारी दिनुभयो । ट्याक्सी चालक थापालाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको जनाइएको छ । दु’र्घ’टनामा मृ’त’क विककी…

Read More

घरकाे छतबाट खसेर घाइते रानालाइ हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेलामै गयाे ज्या’न

बाग्लुङ । बागलुङको खर्बाङमा घरको छतवाट ख’स्दा एक जनाको ज्या’न गएको छ । बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया रन बहादुर रानाको मृ’त्यु भएको हो । स्थानिय दिपु केसिको घरमा वा’यरिङ गर्ने क्रममा ख’स्दा ग’म्भि’र घा’इते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्या’न गएको हो । गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमति सहित २ छोरा र १ छोरी रहेका छन्। वाईरिङ् गर्दै गर्दा ए’क्कासी छ’तबाट ख’सेका रानालाई त्यही सामान्य उपचार गरेर पोखरा पठाउनका लागि हेलिकप्टरलाई खबर…

Read More

गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ्ग लागेर एक जनाको गयो ज्यान , आठ जना घाइते

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।  मुसिकोट नगरपालिका-४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहाकाे चट्याङ्ग लागेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आज बिहान उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ्ग लागेकाे हाे । चट्याङ्ग लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा गाहाको भने बाटाेमै ज्यान गएको थियाे । घाइते हुनेहरुमा दजाकोटका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, ८ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय…

Read More

यसरी वाग्मती को किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

२० वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ । आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार वैशाख १६ गते २३ तथा १७ र १८ गते २६/२६ जनाको शव व्यवस्थापन गरिएको थियो । कोरोना संक्रमणबाट…

Read More

बायोग्यास कारखानामा भीषण आगलागी, ५ घण्टासम्म पनि नियन्त्रणमा आउन सकेन

झापा । मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आगो निभाउन दमकल आइपुगेका छन् । तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ । कारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नि नियन्त्रणमा खटिएकाहरुले जनाएका छन् ।…

Read More

आन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

काठमाडौँ — बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कृषि मन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रित भेटिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले बैशाख २२ गतेदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको…

Read More

खाद्यान्न तथा तरकारी ब्यापारीहरूले सामानमा मुल्य वृद्धि गरेमा कारवाही हुने

बैशाख १९, काठमाण्डौ । कोभिड–१९ संक्रणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरूको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिवार औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जीमण्डी लगायत अन्य पसलो अनुगमन गरिएको हो । निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए । वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीको अनुगमन गरिएको छ । अनुगमनका…

Read More