पुरुषसँग समान काम, ज्याला भने आधा कम :नारी दिवस विशेष

नारी दिवस विशेष

ध्रुवसागर शर्मा गलेश्वर, २४ फागुन । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।” म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भन्नुभयो, “समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन । “मसला बनाउने, रड र इँटा बोक्ने, बालुवा ल्याउने सबै काम गर्छु”, म्याग्दी सदरमुकाम बेनीमा भवन निर्माणको काममा मजदूरी गर्दै आउनुभएकी ३७ वर्षीया तिला किसानले भन्नुभयो, “पुरुष कामदारसँगै काम गर्नुपर्छ, उनले गर्ने सबै काम मैले पनि गर्छु तर,…

Read More

कानूनी प्रबन्ध र राज्यको प्रयासले मात्र महिला उत्पीडनलाई निमिट्यान्न पार्न सकिँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री

काठमाडाैँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भइरहेका महिला हिंसा, विभेदका घटनाप्रति सरकारले कडा नीति अवलम्बन गरेकाे भए पनि राज्यकाे प्रयास मात्रैले त्यस्ता घटना निमिट्यान्न पार्न नसकिने बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न सरकारले सून्य सहनशीलताको नीति अपनाएकाे बताउनुभयाे । पर्याप्त कानुनी र संवैधानिक व्यवस्था गरिसक्दा पनि न्युन चेतनाका कारण समाजमा महिला उत्पीडिनका अवशेषहरु कायमै रहेकाे भन्दै उहाँले कानूनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न नसकिने बताउनुभयाे । त्यसका…

Read More

राजनीतिक र सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिताकाे खाँचो : राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारी

काठमाडाैं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना…

Read More

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

काठमाडौं, २४ फागुन । १११ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा…

Read More