कोरोना संक्रमणबाट थप २८ जनाको भयाे मृत्यु, ३१२२ संक्रमित

१२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । तर आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १९…

Read More

सेयर बजारमा करिब ७६ अंकको गिरावट

बैशाख १२,काठमाडौँ । आइतबार सेयर बजारमा करिब ७६ अंकको गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा ठूलो पहिरो गए पनि कारोबार रकम भने ७ अर्ब नाघेको छ । दिनभर १ करोड ४६ लाख ९० जहार ७२० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँ पुगेको…

Read More

२४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा भारतबाट आएका कोरोना सक्रंमित पुरुषको निधन

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौंमा ११ सय ३२ सहित उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ एन्टिजेन विधिबाट भएको परीक्षणमा ३ हजार १…

Read More

बालुवाटारमा एमालेको बैठक जारी : कालो मास्क र मोबाइलले फोटो खिच्न निषेध !

काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एमाले महाधिवेशन कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ । बैठकमा सहभागिता जनाउने नेता तथा समाचार संकलन गर्ने सञ्चारकर्मीलाई कालो मास्कसहित फोटा खिच्न निषेध गरिएको छ । कालो मास्क लगाएर सूचना संकलन गर्न गएका सञ्चारकर्मीमलाई प्रवेशमा रोक लगाइएको छ । साथै, बैठकको फोटो क्यामेराबाट मात्र खिच्त पाइने, मोबाइलबाट खिच्न नपाइने नियम कडाइका साथ लागू गरिएको छ । केही समयअघि काठमाडौंको कार्की पार्टी प्यालेसमा आयोजित जिल्लो कमिटीको भेलामा पनि सहभागी कार्यक्रममा कालो मास्क र कालो टोपी लगाउन निषेध गरिएको थियो । त्यतिबेला कालो झण्डाको…

Read More

भूकम्पको पीडाले भन्दा घर बनाउदाकाे ऋणले पोल्छ पीडितलाई

 बलेवा । गोरखा भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत हुनुभएका उहाँले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाउनुभएन् । दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापदण्ड मान्ने र भुक्तानी दिने भनेर प्रगती र भुक्तानी रोकेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेमबहादुर लम्सालले भत्केको घर प्राविधिक आउनुपूर्व नै तयार गर्नुभयो । उहाँले पनि तेस्रो किस्ताको रकम पाउनुभएको छैन् । प्राधिकरणले तोकेको मापदण्डअनुसार नभएको जनाउँदै किस्ताको रकम रोकिएको उहाँले गुनासो गर्नुभयो ।…

Read More

भाँचिएकाे पुलमा काम गर्दै गरेका मजदुर खसे त्रिशूलीमा : दुई जना बेपत्ता, तीनको उद्धार

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । बेपत्ताको खोजी थालिएको छ । निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको…

Read More

गुल्मीमा भारतबाट आएका कोरोना सक्रंमित पुरुषको निधन

गुल्मीमा भारतबाट आएका कोरोना सक्रंमित पुरुषको निधन

गुल्मी । गुल्मीमा कोरोनाको दोस्रो लहर फैलिने क्रममा एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका एक पुरुषको निधन भएको छ । बैशाख २ गते भारतबाट आएका छत्रकोट गाउँपालिका वडा नम्वर तीनका ४५ बर्षका एक पुरुषको गए राती ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । भारतबाट आउँदा नै उनीमा ज्वरो आएको र ३ गते एन्टीजिन परीक्षण पोजेटिभ आएको थियो । उनको स्वाब लिइ अहिले रुपन्देही परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । गुल्मीमा अहिले संक्रिय संक्रमित २७ जना रहेका छन् भने हालसम्म १५ जनाको कोरोनाका…

Read More

बुर्तिबाङ निसीखोलामा बाटाे फराकिलो बनाउने क्रममा जेसिबी नै पुरिएछि !

निसीखोलामा जेसिबी पुरियो

बुर्तिबाङ : मध्य पहाडी लोक मार्ग फराकिलो बनाउने क्रममा निसीखोला गाउँपालिका वडा नम्बर १ मा जेसिबी पुरिएको छ । बिहिबार बिहान पाखुते भन्ने स्थानमा सडक फराकिलो बनाउने क्रममा सडक माथिदेखि खसेको माटोको ढिस्कोले जेसिबी पुरिएको हो । शंकर माली निर्माण कम्पनीको जेसिबी पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । जेसिबी पुरिँदा मानवीय क्षेति भने नभएको प्रहरीले जनाएको छ । अर्को जेसिबी प्रयोग गरेर सडक खुलाउन थालिएको प्रहरीले जनाएको छ । सडक साँघुरो र अप्ठ्यारो भएको हुँदा स्तरोन्नती र कालोपत्रेका लागि तयार गर्न थालिको बताइएको छ ।

Read More

एचडीयू जडान गर्ने सरकारी योजना अपूरै

अस्पताल भर्ना भएका ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको चिकित्सक बताउँछन्, तर अक्सिजन चाहिने संक्रमितका लागि एचडीयू जडान गर्ने योजना राजधानीकै अस्पतालमा पूरा भएन काठमाडौँ — प्रमुख अस्पतालहरूमा कोरोनाका जटिल बिरामी थपिन थालेपछि बेड अभाव हुन थालेको छ । अक्सिजन चाहिने बिरामी बढिरहेका छन् । तर अक्सिजन चाहिने संक्रमितलाई उपचार गर्न सकिने एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडान गर्ने सरकारी योजना भने अपूरै छ । राजधानीकै वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा सरकारको योजना पूरा भएको छैन । संक्रमित भएर अस्पताल भर्ना भएका ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन दिनुपर्ने अवस्था आएको चिकित्सकहरू बताउँछन् । संक्रमितले आईसीयू पाउन…

Read More

सिंगटी हाइड्रो इनर्जीको ओपनिङ रेञ्ज कति होला त ? यस्तो छ अनुमान ! बिस्तृत जानकारीसहित

बैशाख १२, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ सम्म रेञ्ज पाउने सम्भावना छ । सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले…

Read More