वीरगन्जमा शनिबार एकै दिन ९० संक्रमित थपिए

वीरगन्जः वीरगन्जमा शनिबार एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा शनिबार साँझ १४० जनाको पीसीआर परीक्षण गर्दा ९० जनामा संक्रमण भेटिएको हो । कोरोनाको दोश्रो लहर सुरु भएयता वीरगन्जमा एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएका हुन् । शनिबार संक्रमण भेटिएका ९० जनामध्ये पर्सा जिल्लाका ६५ जना छन् । बाराका २२ जना  र रौतहटका तीन जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डा सरोज रोशन दासले जानकारी दिए । यसअघि शुक्रबार साँझ पनि वीरगन्जमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो…

Read More

लकडाउन समाधान हैन स्वास्थ्य मापदण्ड पालना गरौँ: प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि देशभर लकडाउन गर्नु नपर्ने बताएका छन् । दैनिक रुपमा कोरोनाका बिरामी तिब्र रुपले बढिरहँदा प्रधानमन्त्रीले शनिबार यस्तो प्रतिक्रिया दिएका हुन् । उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका संयोजक ईश्‍वर पोखरेलले कोभिड संक्रमको पछिल्लो अवस्थाबारे ब्रिफिङ गराउँदा प्रधानमन्त्रीले देशभर नै लकडाउन गर्नुपर्ने अवस्था नभएको बताएका थिए । बरु नागरिकलाई सचेत गराउने र केही क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा राखेर नियन्त्रणका उपाय अघि बढाउन उनले निर्देशन दिएका थिए । लकडाउन गर्नै परेको अवस्थामा केही सहरमा मात्रै गर्नसकिने र त्यसका लागि अन्य बन्दोबस्त…

Read More

कोरोना कहर : कोहलपुरमा पनि एक साताका लागि ‘लकडाउन’ गरिने

                नेपालगञ्ज । समुदायस्तरमै तीब्र रुपमा कोरोना संक्रमण फैलिन थालेपछि बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि ‘लकडाउन’ गरिने भएको छ । तीब्र रुपमा बढिरहेको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि कोहलपुरमा ‘लकडाउन’ गरिने भएको हो । कोहलपुर नगरपालिकाको शनिबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि कोहलपुर नगर क्षेत्रमा आइतबार राति १२ बजेदेखि एक साताका लागि ‘लकडाउन’ गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अनुरोध गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले जानकारी दिए । कोहलपुर नगरभित्र शनिबार बिहानसम्म कोरोनाका २६१ जना सक्रिय संक्रमित रहेको जानकारी…

Read More

तपाईले सेयर कारोबार गर्दा कति लाग्छ त शुल्क ? हेर्नुहाेस् बिस्तृत जानकारीसहित

सेयर कारोबार भनेको खरिद वा बिक्री गर्नु हो । तपाईंले कुनै सेयर खरिद वा बिक्री गर्दा लाग्ने खर्च कतिको कारोबार हो भन्नेले अर्थ राख्छ । अर्थात् तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्नु भएको छ भने ०.४ प्रतिशत शुल्क बुझाउनु पर्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०।३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०।२७ प्रतिशत शुल्क लाग्छ । सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर…

Read More