नेपाल पठाउन खाडीमा रहेका नेपालीले खरिद गरे ६ सय अक्सिजन सिलिण्डर

२९ वैशाख, काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमनस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले अनलाईनखबरलाई बताए । खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको झाले जानकारी दिए । ‘६ सय थान अक्सिजन सिलिण्डर खरिद भईसकेको छ, जतिसक्दो छिटो नेपाल पाठाउने गरी हामी अहिले लजिस्टिकको पार्टमा काम गर्दै छौं,’ झाले ओमनबाट भने…

Read More

साहस ऊर्जाको एक अर्ब पाँच करोडको आइपीओ आउँदै, कति दिने आवेदन ?

बैशाख ३०, काठमाडौं । साहस ऊर्जा कम्पनीले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आइपीओ निकाल्ने भएको हो । गत चैतमा कम्पनीले आइपओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आइपीओ निष्काशन अनुमतिका लागि प्रक्रियामा रहेको कम्पनीले बोर्डबाट अनुमति पाउना साथ आइपीओ निष्कासन गर्ने जनाएको छ । उक्त कम्पनीले संङखुवासभामा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । यस अनुसार आयोजनाको लागत प्रति मेगावाट साढे १३ करोड…

Read More

हाँस्नु कि रुनु ? गोबर दलेर कोरोना भगाउने कोसिस !

भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् । यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ र कुनै पनि हालतमा संक्रमण हुँदैन । समाचार संस्था रोयटरले कभर गरेको यो भिडियो यतिबेला विश्वभर भाइरल भइरहेको छ । श्री स्वामीनारायण गुरुकुल बिद्यालयमा स्थानीयहरु हप्ताको एक दिन भेला हुन्छन, गौमुत्र र गोबर मिसाएर घोल…

Read More