बडिगाडमा विवाह भोजमा सहभागि एकै परिवारका तीनजनाको मृत्यु

बागलुङ । कोरोनाले यहाँका एकैघरका तीन जनाको मृत्यु भएको छ । विवाह भोजपछि बिरामी परेका बडिगाड गाउँपालिका-४ का उनीहरूको एक साताको अवधिमा मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय बाबु तथा ५१ वर्षीय र ४० वर्षीय दुई छोरा छन् । बाबु र ५१ वर्षीय छोराको पोखरा र ४० वर्षीय छोराको धौलागिरि अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । साताअघि हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । बडिगाड-४ मा अझै धेरै बिरामी छन् । सामान्य…

Read More

बागलुङबाट बिरामी लिएर गएको एम्बुलेन्स पाल्पामा दुर्घटना, तीन घाइते !

बुर्तिबाङ : बागलुङको बुर्तिबाङदेखि बुटवल जाँदै गरेको एम्बुलेन्स पाल्पाको दोभानमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजे विपरित दिशा तर्फबाट आएको ट्रकले ठक्करदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश ३ ०१०२४ च ५९३० नम्बरको एम्बलेन्सलाई विपरित दिशाबाट आएको ट्रकले टक्कर दिएको प्रहरी चौकि दोभान पल्लपाका हवल्दार चुडामणी पोखरेलले जानकारी दिए । घाइते हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सिताराम बोहोरा र अन्य दुई जना रहेका छन् । अन्य दुई जना समान्य घाइते छन् भने बोहोराको खुट्टामा चोट लागेको छ । एम्बुलेन्सले…

Read More

सिईडिबिको आईपीओ बाँडफाँड आज कति बजे हुँदैछ ? तपाईको भागमा १० कित्ता पर्ला ?

बैशाख ३१, काठमाण्डौ । सिईडिविब हाइड्रोपावरले निश्कासन गरेको आईपीओ बाँडफाँडको मिति तए भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिइओ बिजय लाल श्रेष्ठको अनुसार आज विहान ११ बजे क्यापिटलको कार्यालयमा हुने भएको हो । सेयर बाँडफाँड भएको भर्चुअल माध्यमबाट देखाइने छ । आईपीओ बाँडफाँड भएको समाचार बाहिर आइसकेको थियो । बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओ १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी…

Read More

फेरी केपी ओली नै प्रधानमन्त्री नियुक्त, शपथ शुक्रबार

३० वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ शुक्रबार अपरान्ह हुनेछ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए ।…

Read More