ज्योति लाइफ इन्स्योरेन्सको IPO २३ गतेभन्दा चाडै अाउने

IPO Image

 ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयर IPO निष्कासन मिति चाडै अाउने भएकाे छ ।

फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेकाे कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले हाल त्याे मितिलाइ सारेर IPO निष्काशन गर्ने तैयारी गरेकाे छ ।

कम्पनीको अनुशार IPO अब अाउने शुक्रबार अर्थात फागुन २१ गतेबाट भर्न मिल्ने भएकाे छ । यसका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको बोर्डका प्रवक्त निरज गिरीले जानकारी दिए ।

यससम्बन्धी सूचना कम्पनीले सम्भवतः भोलि ९बुधवार० सार्वजनिक गर्ने जानकारी उनले दिए । मिति परिवर्तन भएसँगै कम्पनीको आईपीओमा छिटोमा फागुन २६ र ढिलोमा चैत ६ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

कम्पनीले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्ने छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment