धितोपत्र बोर्डले आइपिओमा १० कित्ताको नियम परिवर्तन गरी ५० कित्ता बनाउने तयारी

जम्मा गरि राख्नुहोस पैसा सर्वोत्तम सिमेन्टको ४० करोडको आईपीओ यसै साता हुदैछ छिनोफानो

नेपाल धितोपत्र बोर्डले आईपिओ बाँडफाँडमा हाल प्रयोग हुदै आएको १० कित्ता नीति परिवर्तन गर्ने संकेत गरेको छ । यसले बजारमा धेरै लगानीकर्ताको सहभागी भएपनि विकृति बढेको भन्दै त्यसलाई परिमार्जन गर्नको लागि अन्य विकल्पमा छलफल थालेको हो ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यो नीति हटाउने बेला आएको महशुस भएकोले विभिन्न विकल्पमा छलफल भईरहेको बताए । आवेदन दिने सबैले न्युनतम १० कित्ता पाउँदा यस नीति प्रभावकारी देखिएको भएपनि अब भने त्यसलाई हटाउनको लागि अध्ययन भईरहेको उनले बताए । आवेदन दिने सबैले शेयर नपाउने भएपछि १० कित्ते नीतिको अर्थ नरहने उनको भनाई छ ।

त्यस्तै १० कित्ते नीति हुँदा एकै व्यक्तिले धेरै जना व्यक्तिको नाममा खाता खोलेर शेयर भर्ने गरेको पाईएकोले विकृति बढेको बोर्डको निष्कर्ष छ । नेपाल धितोपत्र बोर्डले गत वर्ष गरेको एक सचेतना कार्यक्रममा बोर्डका निर्देशक नारायण शर्माले शेयर मार्केटलाई समावेशी बनाउनकालागि लिईएको १० कित्ते नीतिले शेयरमा लगानी गर्न चाहनेहरु सबैको हातमा शेयर पुगेपनि वेच्नकालागि समस्या भएको उल्लेख गरेका थिए ।

लामो प्रक्रिया पुरा गरि शेयरमा आवेदन दिँदा १० कित्ता मात्र शेयर पर्दा शेयर परेको अनुभूति नै नहुने, शेयर नपर्दा आफुले खर्चेको समय खेर जाने, परेको शेयर बेच्न पनि लामो प्रक्रिया अपनाउनु पर्ने, र विकृति देखिएको लगायतका कारणले बोर्डले यस नीतिलाई परिमार्जन गर्न खोजेको बताईएको छ ।

बोर्डले यस अघिको झैँ न्युनतम ५० कित्ता पुर्याउने गरि छलफल गरिरहेको हो । बोर्ड अध्यक्ष ढुंगानाका अनुसार परिमार्जन गर्ने निर्णय गर्नु अघि अझै केहि कम्पनीको आईपिओ बिक्रि र बाँडफाँडलाई अध्ययन गरिने बताउछन् । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको र त्यसमा न्युनतम ५० कित्ता आवेदन दिनु पर्ने ब्यबस्था गरिएकोले त्यस समयसम्म अध्ययन गर्ने उनको भनाई छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment