सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली

विप्लव समूह

फागुण १९, काठमाडौ । सरकारसँग वार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । यसअघि आजै सरकारले पनि वार्ता टोली गठन गरेको थियो । त्यस लगत्तै सो समूहले वार्ता टोली गठन गरेको घोषणा गरेको हो ।

सो समूहले पार्टी केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराएको छ । वार्ता टोली सदस्यमा सो समूहका केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहनुभएको छ ।

पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।”

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment