अब नेपालमा द्वन्द्व छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले नेपालमा अब नेपालमा द्वन्द्व नरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर समारोह’ कार्यक्रमलाई सम्बोधन गर्दै अब नेपाल शान्तिको दिशामा अघि बढेको र द्वन्द्व नरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपाल द्धन्द्ध छैन । नेपाल नियमसंगत बाटो, आन्दोलनउन्मुख भएको छ । आजको कामको निष्कर्ष नेपालमा द्वन्द्व, हिंसा छैन शान्छि छ भन्ने हो ।’

सम्बोधनलाई अघि बढाउनुअघि प्रधानमन्त्री ओलीले नेपाली जनताले शान्ति चाहेको र महासचिव विप्लवको शान्तिपूर्ण वातावरणमा आउने साहसिक कदमलाई राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यबाद दिनुभएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

महासचिव विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्याण्डिङ भएको पनि उहाँले बताउनुभएको छ । ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ। हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’ उहाँले भन्नुभयो ।

सरकारले विप्लव समूहसँग वार्ताका लागि निकै लामो छलफलपछि यो अवस्थामा आइपुगेको बताए पनि उहाँले बताउनुभएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment