नेकपा ओली समुहको संसदीय दलको बैठक बालुवाटारमा बस्दै

नेकपा ओली समुहको संसदीय दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाको संसदीय दलको बैठक शनिबार (आज) बस्ने भएको छ ।

प्रधानमन्त्री ओली समूहका सांसदको बैठक बालुवाटारमा बस्ने छ । शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ ।

दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ । यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो समुहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् ।

भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् । नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन् ।

उनी पार्टी एकताको अभियान चलाइरहेका छन् । नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ । नेकपामा प्रतिनिधि सभामा हाल सभामुख सहित १ सय ७३ सांसद छन् । त्यसैगरि राष्ट्रिय सभामा अध्यक्षसहित ५० सस्दय छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment