प्रदेश- १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश- १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर, १ चैत्र । प्रदेश- १ को चैत्र २ गते बोलाएको प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गर्न भनेपछि सचिवालयले सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ ।

प्रदेश सभा सचिवलयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गरी विषेश कारणले बैठक स्थगित गर्नुपरेको उल्लेख छ । यसअघि फागुन २० गतेका लागि बोलाइएको बैठक १९ गते नै सूचना प्रकाशित गर्दै संसद सचिवालयले चैत २ गतेका लागि बैठक बोलाएको थियो ।

निर्धारित गएको २० गते पनि विषेश कारण देखाउदै प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलापछि प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईका विरुद्धमा संसदमा पेश भएको अविश्वासको प्रस्ताव अन्यौलमा परेको छ । फागुन ९ गते प्रदेश सभामा अविश्वासको प्रस्ताव टेबल भएको थियो भने त्यसपछि बैठक बस्न सकेको छैन ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment