बुर्तिबाङ निसीखोलामा बाटाे फराकिलो बनाउने क्रममा जेसिबी नै पुरिएछि !

निसीखोलामा जेसिबी पुरियो

बुर्तिबाङ : मध्य पहाडी लोक मार्ग फराकिलो बनाउने क्रममा निसीखोला गाउँपालिका वडा नम्बर १ मा जेसिबी पुरिएको छ । बिहिबार बिहान पाखुते भन्ने स्थानमा सडक फराकिलो बनाउने क्रममा सडक माथिदेखि खसेको माटोको ढिस्कोले जेसिबी पुरिएको हो ।

शंकर माली निर्माण कम्पनीको जेसिबी पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए । जेसिबी पुरिँदा मानवीय क्षेति भने नभएको प्रहरीले जनाएको छ । अर्को जेसिबी प्रयोग गरेर सडक खुलाउन थालिएको प्रहरीले जनाएको छ ।

सडक साँघुरो र अप्ठ्यारो भएको हुँदा स्तरोन्नती र कालोपत्रेका लागि तयार गर्न थालिको बताइएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment