गुल्मीमा भारतबाट आएका कोरोना सक्रंमित पुरुषको निधन

गुल्मीमा भारतबाट आएका कोरोना सक्रंमित पुरुषको निधन

गुल्मी । गुल्मीमा कोरोनाको दोस्रो लहर फैलिने क्रममा एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका एक पुरुषको निधन भएको छ ।

बैशाख २ गते भारतबाट आएका छत्रकोट गाउँपालिका वडा नम्वर तीनका ४५ बर्षका एक पुरुषको गए राती ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

भारतबाट आउँदा नै उनीमा ज्वरो आएको र ३ गते एन्टीजिन परीक्षण पोजेटिभ आएको थियो । उनको स्वाब लिइ अहिले रुपन्देही परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

गुल्मीमा अहिले संक्रिय संक्रमित २७ जना रहेका छन् भने हालसम्म १५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment